मुक्तिनाथ विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एकसाथ १३ वटा नयाँ शाखा

मुक्तिनाथ विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एकसाथ १३ वटा नयाँ शाखा


मुक्तिनाथ विकास बैंक मंगलबार १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेको छ । 

उक्त समारोहको समुद्घाटन गर्दै बैंकका अध्यक्ष भरत राज ढकालले १७ औं बर्षको सहयात्रमा साथ दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे । 

साथै, ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे । 

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताए । 

Logo