राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण


काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छिन् ।

आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकूद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Logo