कर्णाली प्रदेशमा आज ५४ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज ५४ जना कोरोना संक्रमित थपिए


दैलेख ।

कर्णाली प्रदेशमा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

सो प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले यसको पुष्टि गरेको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै थप ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज थपिएका ५४ जनामा सल्यान जिल्लाका २८ जना, सुर्खेतका २०, दैलेखका ३ र कालिकोट जिल्लाका ३ जना छन् । यो सहित कार्णलीमा अब कोरोना संक्रमितको संख्या ६४१ पुगेको छ ।

Logo