कोरोना अपडेटः विश्वभर ३ लाख ४८ हजारको मृत्यु, संक्रमितको संख्या ५६ लाख

कोरोना अपडेटः विश्वभर ३ लाख ४८ हजारको मृत्यु, संक्रमितको संख्या ५६ लाख


जेनेभा ।

कोरोना भाइरसका कारण विश्वभर झण्डै ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार १६६ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २८ लाख २१ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । रासस–एएफपी

Logo