लाइफ स्टाइल

बालबालिकाहरू गलत बाटोमा हिँड्दै त छैनन् ? यसरी गर्न सकिन्छ समाधान

15 Shares

काठमाडौं ।

बच्चाहरूलाई कसरी अनुशासित बनाउने, सायद सबै अभिभावकहरू यस दुविधाबाट गुज्रिरहेका हुन सक्छन् । प्रश्न धेरै छ, बच्चाहरूलाई आउटडोर वातावरण र टिभी, इन्टरनेट जस्ता माध्यमहरूका खराब प्रभावहरूबाट जोगाउनु पर्दछ, तर उनीहरूलाई यी सबैबाट टाढा राख्न पनि सकिदैन । बच्चाहरू को सँग भेट गर्दैछन्, कसलाई साथी बनाइरहेका छन्, यसको बारेमा अभिभावकलाई २४ घण्टा निगरानी गरीरहनु सम्भव पनि छैन ।

बच्चाहरूलाई सही दिशामा लानको लागि एक मात्र उपाय भनेको उनीहरूलाई सकारात्मक अनुशासन र राम्रो संस्कार दिनु हो । समस्या फेरी आउछ आखिर त्यो तरिका कस्तो हुनुपर्छ त ? गाली र सजाय उनीहरुको दिमागमा नराम्रो असर गर्छ ।

तपाईंको गालीको कारणले, बच्चाहरूले सुरुमा तपाईंका केही कुरा स्वीकार्छन्, तर केही समय पछि, उनीहरूको दिमागमा नराम्रो प्रभाव पर्न थाल्छ र उनीहरू आमा बुबाबाट टाढा हुन थाल्छन् । उनीहरूको दिमागमा यस्तो सोच आउन थाल्छ की अभिभावकहरुले उनीहरुको आवश्यकताहरू बुझ्दैनन् र उनीहरूलाई फेरि चुप गराइन्छ ।

यसैबेला देखि बच्चाहरूको कुराहरु लुकाउन शुरू गर्छन् । यस्तो हुन नदिनका लागि तपाइको व्यवहार र शब्दमा परिवर्तन आवश्यक छ । हेर्नुहोस केही प्रभावकारी तरीकाहरु

शब्दहरूमा थोरै परिवर्तन गर्नुहोस्

कसैलाई पनि कसैको नियन्त्रणमा बस्न मन पर्दैन, बच्चाहरूलाइ पनि यस्तै हुन्छ । धेरै अभिभावकहरू जहिले पनि बच्चाहरूलाई के गर्नु हुदैन भनेर सिकाइरहेका हुन्छन् । जस्तै सोफामा नउफ्रन, बाहिर नखेल्न, टिभी नहेर्न जस्ता कुरा भन्दा बच्चाहरूले अधिक प्रतिरोध देखाउँछन् । अभिभावकहरूले यही कुरा अर्को तरिकाले भन्न सक्दछन् । ’ सोफा बस्नका लागि हो’, ’अहिले बाहिर तातो वा गर्मी भएको छ, हामी पछि बाहिर जाउँला’ आदि ।

तपाईंको बोल्ने तरिका बदल्नुहोस्, र यसको सीधा प्रभाव बच्चाको मानसिक स्थितिमा हेर्नुहोस् । यसो गर्न सके उनीहरूले तपाइँको कुरा सुन्छन् र सहमत समेत हुनेछन् ।

जब तपाईंले प्रेमसँग आफ्नो कुरा सुनाउनु हुन्छ तपाईंका शब्दहरू सजिलैसँग पुग्छन् । चिच्याउने वा ठूलो आवाजमा कुरा गर्दा, बच्चा त्यस समयमा डराउँछन्, तर लामो समयमा, प्रभाव उल्टो शुरू हुन थाल्छ । एक अभिभावकको रूपमा, तपाईंले बुझ्नुपर्दछ कि जब तपाईं क्रोधमा हुनुहुन्छ भने तपाईंले कसैलाई सकारात्मक शिक्षा दिन सक्नु हुन्न । त्यसैले शान्त भएर प्रेमका साथ उनीहरुलाई सम्झाउनुहोस् ।

भावना बुझ्नुहोस्

कुनै व्यक्तिलाई सजिलै सुन्नु धेरै महत्वपूर्ण हुन्छ । तपाईं आफै बिचार गर्नुहोस्, जब तपाईं दुःखी हुनुहुन्छ भने र तपाईको कुरा सन्ने तपाईंको वरिपरि कोही छैन भने तपाईंलाई कस्तो लाग्नेछ ? त्यसमाथि पनि तपाईंलाई उदास र चिढचिढे भएकोमा बारम्बार गाली पनि गरीन्छ भने ? हामी बच्चाहरूसँग पनि त्यस्तै गल्ती गर्छौं । हामीले उनीहरूको कुरा नसुनी उनीहरुलाई चकचके, भनेको नमान्ने, नराम्रो भन्न थाल्छौं ।

केहि समयको लागि बच्चाहरूको नजिकै बस्नुहोस् र उनीहरूको कुरा सुन्नुहोस् । जब उनीहरूले उनीहरूको कुरा सुनिरहेको महसुस गर्छन्, उनीहरू तपाईंसँग जोडिएको महसुस गर्दछन् । बच्चाहरूसँग कनेक्सन कायम राख्नु सकारात्मक अभिभावकीयताको सबैभन्दा महत्वपूर्ण अंश हो । अध्ययनहरूका अनुसार बच्चाहरूले आफ्ना आमाबाबुलाई आफ्ना भावनाहरू व्यक्त गर्न सक्षम हुन्छन्, उनीहरूले ठूला हुदै जाँदा एक्लो महसुस गर्दैनन् । यसका साथै, उनीहरू अरूको भावना बुझ्न समेत सक्षम हुन्छन् ।

एक असल साथीको भूमिका निभाउनुहोस् 

यदि सकारात्मक अनुशासनको यी बिधिहरूलाई अनुसरण गर्न सकियो भने, निश्चित रूपमा परिणामहरू तपाईंले गर्ने गालीबाट भन्दा राम्रो र अनुशासित रिजल्ट आउनेछ ।

प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूको इच्छा र जिज्ञासाहरु आफूलाई भनुन् भन्ने चाहन्छन् । तर उनीहरु आफैँ भने एक असल साथीको भूमिका निभाउन भने असमथ्र्य हुन्छन् । एक कुशल अभिभावकको यो जरुरी छ की उनीहरुले कसरी समुदाय, समाज, राष्ट्र र देशलाई बुझेका छन् भन्ने पहिचान गर्नु । उनीहरुलाई उनीहरुको मनको कुरा तपाईंमाझ खुलेर भन्न प्रोत्साहित गर्नुहोस् । यस्तै, तपाईंले पनि ध्यान दिएर उनीहरुको कुरा सुन्नुहोस् र उनीहरूको सबै कुरालाई खुला हृदय र दिमागले स्वीकार्नुहोस् र उनीहरुलाई सही बाटो देखाउनुहोस् ।

प्रकाशित: २० श्रावण २०७७ १२:३४ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी