अर्थमन्त्रालयलाई यातायात विभागको सुझावः ‘गैरकर नबढाउ’

अर्थमन्त्रालयलाई यातायात विभागको सुझावः ‘गैरकर नबढाउ’


काठमाडौं ।

यतिबेला सरकारले बजेट निर्माणका लागि धमाधम छलफल गरिरहेको छ । राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालयसँग एक चरणको छलफल सकेर अर्थमन्त्रालय पठाएको छ ।

यसै सन्दर्भमा यातायात व्यवस्था विभागले सरकारलाई सवारीसाधनहरुमा गैरकर नबढाउन सुझाव दिएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा विभिन्न सवारीमा गैरकर नथप्न विभागले सरकारलाई सुझाव दिएको हो । विभागले ट्रक, टिप्पर, मिक्सचर, माइक्रो बस, मिनी टिप्पर र मिनी ट्रक लगायतका विभिन्न सवारीसाधनको गैरकर नथप्न अर्थ मन्त्रालयलाई सुझाएको हो । अहिले सरकारले यी सवारीहरुमा मूल्यको ७ प्रतिशत गैरकर लगाउँदै आएको छ । विभागले आगामी वर्षका लागि पनि अहिलेकै गैरकर लागु गर्ने गरी बजेटमा व्यवस्था गर्न सुझाव दिएको हो । आगामी आर्थिक वर्षदेखि मोटरसाइकलमा पनि गैरकर थप नगर्न विभागले सुझाव दिइएको छ ।

त्यसैगरी, विभागका अनुसार दुई हजार सीसीसम्मका अन्य सवारी साधनहरुमा पनि अहिले कायम रहेकै गैरकर लागू गर्न माग गरेको छ । यी सवारीहरुले अहिले सरकारलाई ८ प्रतिशत गैरकर बुझाउँदै आएका छन् । त्यस्तै, विभागले दुई हजार सीसीभन्दा माथिको क्षमता भएका सवारीमा मूल्यको १० प्रतिशत गैरकर तिर्नुपर्ने व्यवस्था छ ।

अहिले १ सय ५० सीसीसम्मका मोटरसाइकललाई १५ हजार, १ सय ५१ देखि २ सय ५० सीसीसम्मलाई १८ हजार, ४ सय सीसीसम्मका ५० हजार तथा सोभन्दा बढी क्षमताका मोटरसाइकलमा २ लाख रुपैयाँ गैरकर तिर्नुपर्ने व्यवस्था छ ।

Logo