लाइफ स्टाइल

नीतिका कुरा : 'मेहनतबाट आर्जन गरेको थोरै पैसाको पनि महत्व धेरै हुन्छ'

15 Shares

काठमाडौं ।

कडा मेहनतबाट आर्जन गरेको थोरै पैसाको पनि धेरै महत्वपूर्ण हुन्छ । जसले यो कुरा बुझ्दछन्, उनीहरू केवल आवश्यक चीजहरूमा मात्र खर्च गर्छन् । सोचविचार गरेर खर्च गर्दा धेरै समस्याहरूबाट बच्न सकिन्छ । यस सम्बन्धमा लोक कथा प्रचलित छ ।

पौराणिक कथा अनुसार धेरै पहिले एक जना लोहार थियो । उसको छोरो जहिले पनि अनावश्यक चिजमा खर्च गर्ने गथ्र्यो । लोहारको काम राम्रो चल्थ्यो । त्यसकारण ऊ सँग पैसाको अभाव थिएन । घरमा पनि कुनै समस्या थिएन, तर ऊ आफ्नो छोराका कारण दुःखी थियो । उसको छोराले जहिले पनि चाहिने भन्दा बढी खर्च गर्थ्यो । एक दिन उसको बुबाले छोरालाई भने तिमीले आफ्नै मेहनतबाट दिनको १० रुपैयाँ कमाउनु पर्छ । जुन दिन तिमीले १० रुपैयाँ ल्याउन सक्दैनौ त्यस दिन तिमीलाई खाना दिइने छैन ।

भोलिपल्ट छोरा दिनभर घुम्यो, तर उसले कुनै काम गरेन । जब साँझ घर पुग्यो उसले आफ्नो बुबालाई सम्झियो । ऊ तुरुन्तै आफ्नी आमा कहाँ गयो । आमाले छोरालाई १० रुपैयाँ दिइन् । जब उसको बुबा घर फर्के उसले बुबालाई १० रुपैयाँ दियो । बुबाले १० रुपैयाँ लिएर त्यसलाई भट्टीमा हाले ।

यो प्रक्रिया दैनिकी नै बन्यो । छोराले दिनहुँ आमाबाट १० रुपैयाँ लिने गथ्र्योे र बुबालाई दिन्थ्यो । बुबाले त्यो पैसा भट्टीमा हालिदिन्थे । एक दिन उसकी आमाले छोरालाई पैसा दिन मानिनन् । अब छोरालाई बुबालाई १० रुपैँयाँ कसरी दिने भन्ने समस्या पर्यो ।

ऊ बजारमा काम खोज्नका लागि बाहिर निस्कियो । बजारमा उसले एक वृद्धलाई भेटे जो ठूलो भारी बोकेर हिडिरहेका थिए । उसले बुढो मानिस कहाँ गएर भन्यो, म तपाईंको घरसम्म तपाईंको सामानहरू लगिदिन्छु । यसको बदला तपाईंले मलाई १० रुपैयाँ दिनुहुन्छ ? बुढो मानिस यस कुरामा सहमत भए ।

जब केटाले सामान उठायो, यो धेरै गह्रौं थियो । जे होस्, उसले जसोतसो गरेर सामान बुढाको घरमा लगिदियो र १० रुपैयाँ लिएर घर फर्कियो । जब उसको बुबा आए, केटोले खुशीसाथ आफ्नो बुबाको हातमा १० रुपैयाँ राखिदियो । दिनहुँ जस्तै, उसको बुबाले पैसा भट्टीमा हालिदिन लाग्यो, त्यसबेला केटोले उसको हात समात्न पुग्यो ।

केटाले बुबालाई भन्यो कि यो पैसा मेरो मेहनतको पैसा हो । यसलाई यसरी भट्टीमा नफाल्नुहोस् । त्यसपछि बुबाले छोरालाई भने कि अब तिमीले बुझ्यौ कि कडा मेहनतको कमाईको लागत के हो । तिमीले मेरो मेहनतबाट कमाएको पैसा हरेक दिन यसरी अनावश्यक खर्च गर्छौ मलाई पनि त्यस्तै नराम्रो लाग्छ । यदि हामीले बुद्धिमानीपूर्वक पैसा खर्च गर्न सकेमा हामी धेरै समस्याहरूबाट बच्न सक्छौं ।

छोराले बुबाको कुरा बुझे र अब व्यर्थमा खर्च नगर्ने कसम खाए । यसपछि उनी पनि आफ्नो बुबासँग काम गर्न थाले ।

प्रकाशित: २८ भाद्र २०७७ १८:३१ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी