कान्तिपुर मिडिया ग्रुपले भोलिदेखि आफ्ना प्रकाशनहरु बन्द गर्ने

कान्तिपुर मिडिया ग्रुपले भोलिदेखि आफ्ना प्रकाशनहरु बन्द गर्ने


काठमाडौँ ।

कान्तिपुर मिडिया ग्रुपले भोलिदेखि आफ्ना प्रकाशनहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना प्रभावसँगै नेपालमा पनि लकडाउन गरिएको विषम परिस्थितीका कारण आफ्ना सेवाहरु अनिश्चितकालका लागि बन्द गर्न लागिएको सो मिडिया ग्रुपले जनाएको छ ।

आजको पत्रिकामार्फत विशेष प्रकाशकीय लेख्दै कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जस अनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् । नियमित ग्राहकहरूले हाल बन्द गरिएको अवधिको पत्रिकाका अतिरिक्त अंक पाउने व्यवस्था मिलाइनेछ ।’ पत्रिकाले आफ्नो विशेष प्रकाशकीयमा उल्लेख गरेको छ ।

Logo