मन्त्री भट्टराईको पहिलो निर्देशन, ‘मन्त्रालयमा आइस्योस्, गइस्योस नभन्नू’

मन्त्री भट्टराईको पहिलो निर्देशन, ‘मन्त्रालयमा आइस्योस्, गइस्योस नभन्नू’


काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले मन्त्रालयमा बोलिने भाषामा चासो दिएका छन् ।

उनले आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिए । उनले भने, ‘मन्त्रालयमा आइस्योस् र गइस्योस् संस्कार हुँदैन, अब यस्ता संस्कारको अन्त्य गर्छु ।’

कामभन्दा चाकडी बढी गर्ने प्रवृत्तिका कारण सरकारी निकाय र मन्त्रालयले काम गर्न नसकेको भन्दै उनले कुराभन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता जनाए । सचिवदेखि कार्यालय सहयोगीसम्मलाई समान व्यवहार हुने बताउँदै मन्त्री भट्टराईले कर्मचारी र दलका नेता कार्यकर्तालाई स्वागत र बधाईका नाममा विज्ञापनमा खर्च नगर्न समेत अनुरोध गरे ।

मन्त्री भएपछि बधाई दिन विज्ञापन गर्ने परम्परा रहेको भन्दै आफ्नो हकमा यस्तो कार्य नगरिदिन सबैमा आग्रह गरे । ‘बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला, ।’ उनले भने ।

मन्त्रालयका काममा पारदर्शिता र जवाफदेहिता अपनाउने प्रतिबद्धता जनाउँदै गुनासो नआउने गरी काम गरेर देखाउने बताए ।

पर्यटनमन्त्री भट्टराई जब रवीन्द्र अधिकारी बस्ने कुर्सीमा बसे

को हुन् नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई ?

Logo