सन्दीप जोरा टी-२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बने

सन्दीप जोरा टी-२० मा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बने


काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोरा टी-ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान कायम राख्न सफल भएका छन् । युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यू गरेका जोराले ४२ बलमा अर्धशतक पूरा गरेसँगै विश्व कीर्तिमानी कायम राखेका हुन् ।

उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको खेलमा अविजित ५३ रन बनाएका हुन् । नेपाल पहिलो टि २० को सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको छ । नेपाल पराजित भएपनि जोराले विश्व कीर्तिमानी कायम राखेका हुन् ।

यू–१९ क्रिकेट टिमका खेलाडी समेत रहेका जोराले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो करिअरकै डेब्यु खेलमा अर्धशतक बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा यूएईविरुद्ध राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका सन्दीपले १९ रन बनाएका थिए ।

Logo