काठमाडौं । अबको दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने दावी सरकारी अधिकारीहरुले गरेका छन् । गत दशैं अघि नै काठमाडौंमा मेलम्ची खानेपानी आयोजना आईपुग्ने दाबी गरिएपनि अहिलेसम्म ८० प्रतिशत मात्रै काम भएको छ । "/>

खानेपानी सचिवको दावी, ‘६० दिनभित्र मेलम्चीको पानी काठमाडौंमा आउँछ’

खानेपानी सचिवको दावी, ‘६० दिनभित्र मेलम्चीको पानी काठमाडौंमा आउँछ’


काठमाडौं । अबको दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौं आईपुग्ने दावी सरकारी अधिकारीहरुले गरेका छन् । गत दशैं अघि नै काठमाडौंमा मेलम्ची खानेपानी आयोजना आईपुग्ने दाबी गरिएपनि अहिलेसम्म ८० प्रतिशत मात्रै काम भएको छ ।

अबको दुई महिनाभित्र काठमाडौंमा पानी आउने गरी काम भईरहेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए ।

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ’ उनले भने ।

हाल टनेलको हालसम्म २४ किलोमिटर टनेलको फिनिसिङ सकिसकेको छ । आयोजनामा हालसम्म २६.३५ अर्ब रुपैंया खर्च भैसकेको आयोजना प्रमुख समेत रहेका सचिव ठाकुरले बताए । मेलम्चीको पानी डब्लुएचओ गुणतस्तरको हुने सचिव ठाकुरको भनाई छ ।

Logo