‘फेस्टिवल अफ कलर्स’ अर्थात होली । रंग, तरंग र उमंगको पर्व । होली नजिकिदै छ । हिन्दुहरुले मनाउने यस पर्व हर्ष उल्लासको साथ मनाइन्छ ।
रंगको पर्व होली एक अर्कासँग रंग लगाउँदै शुभकामना दिएर मनाइन्छ । होली खेल्न सबैलाई मनपर्छ तर केहि यस्तो रंग हुन्छ जसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
होली खेल्दा ध्यान दिनुपर्ने कुराहरु
१. दाँतको सुरक्षाको लागि डेन्टल क्याप्सको प्रयोग गर्नुहोस् ।
२. छालालाई हानी गर्ने खालको रसायनयुक्त रंगबाट बच्नको लागि सन ग्लासको प्रयोग गर्नुपर्छ ।
३. पुरानो कपडाको लगाउनुहोस् ।
४. लामो बाहुला भएको कपडा लगाउनुहोस् । पुरै हात ढाक्ने कपडा लगाएमा रंग र घामबाट पनि बच्न सहयोग मिल्छ ।
५. मोजा लगाउहोस्।
६. चमकदार र गाढा रंगको कपडालाई प्राथमिकता दिनुहोस्।
७. शरिरमा र कपालमा नरिवल वा कुनै अन्य तेल लगाउनुहोस् । तेल लगाउँदा रंगले छालामा र कपालमा असर गर्दैन । तेल लगाएपछि रंग पनि धुँदा मज्जाले सफा हुन्छ ।
८. रंग सफा गर्दा मनतातो पानीको प्रयोग गर्नुपर्छ । सफा गर्दा आँखा र मुख बन्द गर्नुपर्छ ।
९. यात्रा गर्दैहुनुहुन्छ भने गाडीको सिसा पुरै बन्द गर्नुहोस् ।
१०. कपालको सुरक्षाको लागि क्याप वा ह्याट लगाउन सकिन्छ ।
११. जबरजस्ती रंग लगादिने साथीहरुको समुहमा नखेल्नु नै राम्रो हुन्छ ।
१२. जहाँ सुरक्षित महसुस गर्नुहुन्छ त्यहि ठाउँमा गएर खेल्ने ।
१३. बच्चालाई अण्डा, माटो वा फोहोर पानीले होली खेल्न नदिनुहोस् ।
१४. अबिरको प्रयोगबाट बच्नुहोस किनभने यसमा सिसा हुन्छ ।
१५. बच्चालाई अरुसँग जबरजस्ती होली खेल्न दिनबाट रोक्नुहोस् ।
१६. होलीको दिन एक्लै नहिड्नुहोस् ।
१७. पाउडर रंग र पानीको प्रयोग गर्नुहोस ।
१८. बच्चालाई होली खेल्नको लागि सफा पानी बाल्टीमा भरेर राखिदिनुहोस् । नत्र बच्चाले फोहोर पानीले खेल्न सक्छ ।
१९. भाङ् खाँदा मानसिक सन्तुलन बिग्रन सक्छ साथै दिमागमा उल्टो असर पर्न जान्छ । त्यसकारण नशाको सेवनबाट टाढा रहनुहोस् ।
प्रकाशित: ४ चैत २०७५ १७:०५ सोमबार