लाइफ स्टाइल वाग्मती

घुँडामा लागेको चोटपछि फेरिएको अनु लामाको खेल यात्रा (भिडियाेसहित)

15 Shares

डेढ दशकको फुटबल–यात्रामा उनलाई कहिल्यै थकान महसुस भएको छैन। चौबिस अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक (३५) गोल गरेर ‘गोल मेसिन’ को उपमा पाएकी उनी फुटबल खेललाई आफ्नो ‘प्यासन’ ठान्छिन्।

महिला फुटबलको राष्ट्रिय टिमबाट संन्यास लिए पनि उनी सशस्त्र प्रहरी बल (एपिएफ) को विभागीय टिमबाट खेलिरहेकी छन्। उनी अर्थात् अनु लामा चर्चित नेपाली महिला फुटबलर, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिला फुटबलको बलियो उपस्थिति देखाएर छाडिन्।

दुई वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि उनको खेल–जीवन सक्रिय छ। उनले राष्ट्रिय खेलहरूमा भने सहभागिता जनाइरहेकी छन्। उनी सशस्त्र प्रहरी बलको टिमबाट खेल्दै आएकी छन्।

अन्तर्राष्ट्रिय म्याचमा गोल वर्षा 

बंगलादेशको राजधानी ढाकामा सन् २०१० मा भएको एघारौंं सागमा नेपालले पहिलोपटक महिला फुटबलमा सहभागिता जनाएको थियो। उक्त म्याचमा नेपाली टिमको तर्फबाट अनुले पाँच गोल गरेकी थिइन्। त्यही वर्ष सम्पन्न पहिलो महिला साफ च्याम्पियनसिपमा उनले ११ गोलको वर्षा गरेकी थिइन्। 

श्रीलंकामा आयोजित दोस्रो साफ च्याम्पियनसिपमा उनले पाँच गोल गरिन्। त्यस्तै, पाकिस्तानमा आयोजित तेस्रो साफ च्याम्पियनसिपमा  पनि उनले पाँच गोल गरिन् । सन् २०१३ मा कुवेतसँग भएको दुईवटा मैत्रीपूर्ण खेलमा अनुले ६ गोल गरिन् भने कतारसँगको मैत्रीपूर्ण खेलमा एक गोल। सन् २०१४ मा भएको तेस्रो वुमन च्याम्पियनसीपमा उनी नेपाली टिमको कप्तान थिइन्। 

सन् २०१६ मा भएको १२ औं सागमा अनुले दुई गोल गरेकी थिइन्। यसरी उनकोअन्तर्राष्ट्रिय कीर्तिमानी गोलसंख्या ३५ पुगेको छ। त्यसअघि नेपाली महिला फुटबलकी कप्तान जमुना गुरुङले २५ गोल गरेकी थिइन्। 

पछिल्लो समयमा भने सावित्रा भण्डारी (साम्बा)ले अनुको यो कीर्तिमानी तोडेकी छन्। १३ औं सागमा चर्चित खेलाडी साम्बाले अन्तर्राष्ट्रिय म्याचमा ३८ गोल गरेर अनुको रेकर्ड तोडेकी हुन्।

साम्बाले आफ्नो कीर्तिमानी तोड्दा कुनै दुःख नलागेको उनको भनाइ छ। ‘मलाई थाहा थियो–एकदिन मेरो कीर्तिमानी सावित्राले तोड्छिन् भन्ने।  अन्तर्राष्ट्रिय खेल नखेलेपछि स्वाभाविक रूपमा आफ्नो कीर्तिमानी तोडिएको उनको भनाइ छ। ‘तर, मैले साग च्याम्पिनसिपमा सर्वाधिक गोल गरेर जुन इतिहास रचे, त्यसलाई सधैंभरि स्मरण गरिनेछ,’ उनी भन्छिन्।

स्कुल पढ्दादेखि नै फुटबल मोह

२०४४ साल असोज १७ गते मकवानपुरको धियालमा जन्मिएकी अनुको बाल्यकाल मावली गाउँ सिन्धुलीमा बित्यो। बाल्यकालमा आफैंले बनाएको झुम्राको बल खेलेर हुर्किइन् उनी। यद्यपि, उनको खेलजीवन भने रौटहतको चन्द्रपुरबाट सुरु भएको थियो। 

उनी ६ वर्षको हुँदा सपरिवार रौटहटको चन्द्रपुर बसाइँ सरेको थियो। चन्द्रपुरको बागमति सेकेन्डरी हाइस्कुलमा उनको स्कुले जीवन बित्यो। त्यहीँबाट सुरु भयो उनको फुटबल मोह। 

बच्चादेखि नै फुटबल भनेपछि हुरुक्कै हुने उनको स्वभाव थियो। उनी वास्तवमै राम्रो फुटबल खेल्थिन्। स्कुलको केही प्रतियोगितामा उनी केटाहरूकै टिममा समेत खेल्थिन्। 

उनको फुटबल करिअर भने प्रशिक्षक शेरबहादुर दर्लामीको आगमनसँगै  सुरु भयो। महिला फुटबल प्रशिक्षक शेरबहादुरले त्यसबेलै अनुको प्रतिभा आँकलन गरिसकेका थिए।  त्यसपछि उनले अनुलाई स्ट्राइकरको रूपमा तिखार्ने काम गरेका थिए। 

सहयोगी मेन्टर (प्रशिक्षक) पाएपछि  उनले क्षेत्रीय प्रतियोगितामा आफ्नो सहभागिता बढाउँदै गइन्। राम्रो खेल्ने उनी सबैको नजरमा पर्न थालिन्।

याे पनि

...त्यसपछि अनुले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरिन्

अवसरको खाजीमा उनी काठमाडौं आइन्। सानैदेखि खेल खेलिरहने उनी शारीरिक रुपमा फूर्तिलो र तन्दुरुस्त थिइन्। २०६३ सालमा उनले सशस्त्र प्रहरी बल (एपीएफ) मा सेवा सुरु गरिन्। त्यसपछि उनी सशस्त्रको विभागीय क्लबबाट पेशागत रूपमा फुटबल खेल्न थालिन्।

 

प्रकाशित: २५ चैत्र २०७७ १८:५७ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी