1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

आफैंभित्र कसरी खोज्ने खुशी ?

1
1
1
1
1
1
1
1

जो कोही खुशी रहन चाहन्छ । तैपनि जहिल्यै पनि मुस्कुराईरहन या खुशी भइरहन सम्भव हुँदैन् । खुशी रहन नसक्नुको कारण तनाव या केहि हुन सक्छ । खुशी खोज्नको लागि कही जानु आवश्यक छैन । आफै भित्र छ । सकारात्मकता र सकारत्मक विचारको स्रोतले नै मुश्किल समयमा खुशी रहन सहयोग गर्छ ।

अहिलेको समयमा बढी व्यस्तताको कारणले र बढी महत्वकांक्षाको कारणले गर्दा खुशी रहन सकिरहेको छैन् । मानिसहरु बाहिरी चिजमा खुशी खोजिरहेको हुन्छ, तर खुशी आफै भित्रबाट आउँछ ।

यदि आफु साँच्चै खुशी रहनु चाहनुहुन्छ भने सबैभन्दा महत्वपुर्ण कुरा यो हुन्छ कि कुनै पनि बाहिरी चिजबाट खुशी तब सम्म प्राप्त हुँदैन जब सम्म आफुले भित्र मनैबाट महशुस गर्न सकिदैन् । खुशी रहनको लागि सबैभन्दा पहिला आफुभित्र खोज्नु आवश्यक छ । बाहिरी प्रभावबाट बच्नुपर्छ । भित्रैबाट खुशी रहनको लागि के गर्ने ?

आफैंसँग सकारात्मक कुरा गर्नेः
आफै भित्र खुशी खोज्नको लागि सबैभन्दा पहिले आफुलाई नै खुशी रहनुपर्छ भन्ने कुरा याद राख्नु जरुरी हुन्छ । कहिलेकाहि आफैसँग पनि कुरा गर्नुपर्छ । जब नकारात्मक परिस्थितिबाट गुज्रिरहेको हुन्छ । तब आफैसँग कुरा गर्ने कसरी यो परिस्थितिबाट बाहिर निस्कन सकिन्छ ?

तनावबाट बच्ने
नराम्रो परिस्थितिमा भएको बेला केहि समयको लागि त्यसबाट बाहिर आउने कोसिस गर्ने, नकारात्मक विचारहरुलाई आफ्नो दिमागमा आउन नदिने र सकारात्मक कुराको बारेमा मात्र सोच्ने ।

आफैलाई प्रश्न सोध्नेः
आफुभित्र खुशी खोज्नको लागि सबैभन्दा पहिला आफुले बुझ्नु जरुरी छ कि मेरो लागि खुशीको मतलब के हो ? तिनै कुराको बारेमा सोच्नुपर्छ जुन कुराले आफुलाई खुशी दिन्छ । आफ्नो जीवनमा खुशीको महत्व बुझ्ने कोसिस गर्ने । र आफ्नो राम्रो जीवन जिउनमा कसरी मद्दत मिल्छ ?

भौतिक कुरामा खुशी नखोज्ने
नँया घर, नँया गाडी, पैसा या कुनै महँगो कुराले खुशी दिनु स्वाभाविक हो तर यो खुशी अस्थायी हुन्छ । साँच्चै नै भित्रैबाट खुशी रहनको लागि तिनै कुरामा ध्यान केन्द्रित गर्नुपर्छ जुन कुराले आत्मालाई खुशी दिन्छ । सार्थक कुरामा खुशी पाउनु महत्वपुर्ण हुन्छ, भौतिकवादमा होइन ।

मेडिटेसन गर्नेः
आफ्नो विचारहरुलाई व्यवस्थित गर्न एकदमै महत्वपुर्ण हुन्छ । ताकी आफु खुशी रहनको लागि कुशल तरिकाले उपयोग गर्न सकियोस् । मेडिटेसन गर्दा शान्त र सुखद विचारलाई ध्यान केन्द्रित गरेर गर्दा खुशी रहनको लागि सहयोग गर्छ ।

प्रकाशित: ८ असोज २०७५ १२:३३ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी