मोबाइलको लतले दीर्घकालीन स्वास्थ्य समस्याको खतरा, यस्ता छन् समाधानका उपाय

मोबाइलको लतले दीर्घकालीन स्वास्थ्य समस्याको खतरा, यस्ता छन् समाधानका उपाय


आधुनिक जीवनशैलीसँगै अहिले हरेक व्यक्तिको हात हातमा हामी स्मार्टफोन देख्न सक्छौं। या भनौं अहिले मानिसहरु मोबाइलबिना अपूर्ण जस्तै भइसकेका छन्। मोबाइलले गर्दा हामीलाई काम गर्न, एकअर्कासँग सम्पर्क गर्न सहज पनि भएको छ तर धेरै मानिसहरुमा मोबाइलको लतसमेत बसिसकेको छ। 

जसका कारण बिरामीको सम्भावना पनि बढी रहेको देखाएको छ । बेलायत लगायत विभिन्न ठाउँमा गरिएको अध्ययनले विश्वका एक तिहाइ मानिसहरुमा स्मार्टफोनको लत बढेको देखाएको छ। अध्ययन अनुसार, ती मानिसहरुमा निद्रासँग सम्बन्धित समस्याहरु बढ्ने गरेको देखाएको हो । यस्तै निद्राबाहेक पनि विभिन्न किसिमका समस्याहरु बढ्ने गरेको अध्ययनमा उल्लेख छ। 

कतै तपाईंलाई पनि मोबाइलको लत त बसेको छैन?
तपाईं आफैंले यसलाई यसरी मूल्याङ्कन गर्न सक्नुहुन्छ । तपाईं आफ्नो मोबाइल दिनमा कतिपटक उठाउनु अथवा चलाउनु हुन्छ? तपाईंको फोनमा म्यासेज आउने बित्तिकै तपाईं त्यसलाई कति छिटो हेर्नुहुन्छ? आफ्नो सामाजिक सञ्जाल दिनमा कतिपटक जाँच गर्नुहुन्छ? यी यस्तै कुराहरु गर्नुहुन्छ भने तपाईं स्मार्टफोनको लतको शिकार बनिसक्नु भएको छ। सामान्यतयः यसलाई नै फोनमा बसेको लतको रुपमा मान्न सकिन्छ। 

एक अध्ययन अनुसार, विश्वका एक तिहाइ मानिसहरुमा मोबाइलको लत बढेको छ। शोधकर्ताहरूले १ हजार ४३ जनामा गरेको अध्ययनमा सामेल भएका मानिसहरुमा गरिएको अध्ययनले यो तथ्यलाई पुष्टि गरेको हो। 

मोबाइलको लतले दीर्घकालीन स्वास्थ्य समस्या कसरी निम्त्याउँदैछ? 

मोबाइलको लतले सर्वप्रथम त मानिसहरुको निद्रालाई खराब पारिरहेको छ । शोधकर्ताहरूको अध्ययन अनुसार, स्मार्टफोनको लत बसेकामध्ये दुईतिहाई भन्दा धेरैमा निद्राको समस्या देखिएको थियो। ती मानिसहरूमा राति निद्रा नलाग्ने र छटपटीको समस्या हुने गरेको पाइएको थियो । यो समस्याले उनीहरूको जीवनलाई गम्भीररूपमा प्रभावित गरेको पाइएको थियो।

प्राय मानिसहरुलाई रातको समयमा मोबाइल चलाउने समय प्राप्त हुने गर्छ। त्यसैले उनीहरु रातमा मोबाइलको धेरै प्रयोग गर्ने गर्छन्। जसका कारण उनीहरूमा कम निद्रा र अधिक थकानको महसुस हुने गर्छ र यसले विभिन्न खालका दीर्घकालीन रोगहरु उत्पन्न गर्दछ। जसका कारण मानिसहरुले गम्भिर स्वास्थ्य समस्याहरु भोग्नु परिरहेको छ । यसै पनि अनिन्द्रा आफैंमा एक रोग हो। त्यसैले अनिन्द्रालाई विभिन्न रोग उत्पादन गर्ने स्रोतसमेत मान्ने गरिन्छ।  यस्तै सुत्ने समयमा मोबाइलको प्रयोगले मानसिक समस्यासमेत बढी हुने गर्छ।

कसरी यस लतबाट मुक्त हुन सकिन्छ ?
यस लतबाट बाहिर निस्किनको लागि सर्वप्रथम तपाईं आफ्नो फोनलाई केही समयको लागि बन्द गर्नुहोस् । जस्तो कि जब तपाईं मिटिङमा हुनुहुन्छ, ड्राइभिङ गरिरहनु भएको छ, खाना खाइरहनुभएको छ वा आफ्नो बच्चाको साथमा खेल खेलिरहनु भएको छ भन्ने सम्झिएर केही समयसम्म बन्द गर्नुहोस्।

यस्तै सामाजिक सञ्जालको कम उपयोग गर्नुहोस्। आफ्नो मोबाइलमा अति कम एप्लिकेसनहरु राख्नुहोस् र थोरै एप्लिकेसनको उपभोग गर्नुहोस्। यसका लागि तपाईं आफ्नो फोनबाट सामाजिक सञ्जाल फेसबुक र ट्विटरको उपयोगलाई कम गर्न सक्नुहुन्छ। बरु यसका लागि मोबाइल फोनको सट्टा ल्यापटपको उपयोग गर्नुहोस्।

Logo