११ असोज २०७८ सोमबार

प्रेरक प्रसंगः स्मरण शक्ति बढाउन दिनहुँ ध्यान गर्नुपर्छ

धेरै व्यक्तिहरू त्यस्ता हुन्छन् जो लामो समयसम्म सम्झन असमर्थ हुन्छन्। तपाईंले पढेको कुराहरु याद गर्न, मनलाई र दिमागलाई एकाग्र पारेर अध्ययन गर्नु पर्दछ। यस सन्दर्भमा, स्वामी विवेकानन्दको प्रसंग प्रचलित छ।

प्रसंग अनुसार स्वामी विवेकानन्द आफ्नो गुरुभाईसँग यात्रा गर्दै थिए। स्वामी पढ्न मन पराउँथे । उनले राम्रा किताबहरू पाउने बित्तिकै पढ्न थाल्थे। कुनै नयाँ ठाउँमा जाँदा पनि पुस्तकालय खोज्थे ।

एउटा शहरमा उनले पुस्तकालयमा धेरै पुस्तकहरू देखे, जुन उनी पढ्न चाहन्थे। पुस्तकहरू पढ्न स्वामीजी र उनका गुरुभाई केही दिन त्यसै ठाउँमै बसे । गुरुभाईले उनलाई पुस्तकालयबाट संस्कृत र अंग्रेजीका नयाँ पुस्तकहरू ल्याएर दिन्थे। स्वामीजी ती पुस्तकहरू पढ्थे र एक दिनमै फिर्ता गर्थे ।

धेरै दिनसम्म यही सिलसिला चल्यो। लाइब्रेरियन यो देखेर छक्क परेर स्वामीजीका गुरुभाईलाई सोधे “तपाईं यति धेरै नयाँ किताबहरू हेर्नका लागि लानुहुन्छ, यदि हेर्ने नै हो भने म यहिं नै तपाईंलाई देखाइदिन्छु। दैनिक यति धेरै तौल किन उठाउनु हुन्छ ?”

स्वामीजीका गुरुभाईले भने, ‘तपाईंले भने जस्तो होइन मेरो भाई यी सबै पुस्तकहरू धेरै गम्भीरताका साथ पढ्नु हुन्छ। यसपछि मात्र म यहाँ फिर्ता गर्न आउँछु।’

यो सुनेर पुस्तकालयका मान्छेले भने, ‘यदि तपाईंले साँचो बोल्दै हुनुहुन्छ भने, म उनलाई भेट्न चाहन्छु ।’ गुरुभाईले पनि पुस्तकालयमा स्वामीजीलाई ल्याउने कुरा गरे।

अर्को दिन गुरुभाई स्वामीजीलाई लिएर पुस्तकालयमा पुगे । स्वामीजीले पुस्तकालयलाई भने कि सर तपाईं अचम्म नमान्नुस् । मैले यी पुस्तकहरू पढेको मात्र छैन, पढेको सबै कुरा मलाई याद पनि छ। यति भन्दै, स्वामीजीले केही पुस्तकहरू फिर्ता गरे र किताबको केही अंश लाइब्रेरियनलाई पृष्ठ नम्बरका साथ वर्णनसमेत गरे।

यस्तो सुनेर लाइब्रेरियन छक्क पर्दै स्वामीजीसँग यस्तो राम्रो स्मरण शक्तिको रहस्य सोधे ।

स्वामीजीले भने यदि केही कुरा पूरा ध्यान दिएर पढिन्छ भने लामो समयसम्म याद रहन्छ। तर यसका लागि एउटा अर्को कुरा पनि आवश्यक छ कि हाम्रो दिमागलाई क्याच गर्ने क्षमता पनि राम्रो हुनु पर्दछ। एकाग्रता पावर बढाउन दिनहुँ ध्यान गर्नुपर्छ। पढ्नु पर्छ र अभ्यास गर्नुपर्छ।

लाइफ स्टायल

प्रकाशित: २ भदौ २०७८ ०९:०७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी