स्वर नराम्रो भयो भनेर एफ.एम.मा ‘रिजेक्टेट’ राजेन्द्र बानियाँको सफल पत्रकारिता यात्रा…

स्वर नराम्रो भयो भनेर एफ.एम.मा ‘रिजेक्टेट’ राजेन्द्र बानियाँको सफल पत्रकारिता यात्रा…


पत्रकार राजेन्द्र बानियाँ केही दिन अघिमात्र हिमालय टेलिभिजनको प्रधानसम्पादकमा नियुक्त भए। करिब २० वर्ष लामो पत्रकारिता यात्रामा उनले धेरै सञ्चारगृहसँग सहकार्य गरिसकेका छन्।

यद्यपि, पछिल्लो समय उनी हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम ‘यक्ष प्रश्न’मार्फत् चर्चामा छन्। 

टाइम्स् एफ.एम., रेडियो नेपाल, सगरमाथा टेलिभिजन, माउन्टेन टेलिभिजन हुँदै एभिन्युजसँग करिब आठ वर्ष सहकार्य गरेका बानियाँसँग जीवनका आरोह अवरोहका किस्साहरू धेरै छन्। 

२०५० सालमा एस.एल.सी. सकेर भविष्य बनाउन गोरखाबाट काठमाडौं छिरेका राजेन्द्रले जीवनमा धेरै संघर्ष गर्नुपर्यो।

काठमाडौंमा प्रवीणता प्रमाण–पत्र तह अध्ययन गर्दै बनेपामा विद्यालय पढाउथे उनी। थुप्रै वर्ष यसरी नै उनको दैनिकी बित्यो।

समयले कोल्टे फेर्यो अनि, उनको संघर्षले आकार। २०५६ सालतिर उनले गोरखाको आफ्नै गाउँमा विद्यालय खोले। अझ भनौं उनले उद्यमशीलताको बाटो रोजे।

तर, माओवादी सशस्त्र द्वन्द्वको चपेटामा विद्यालय पर्यो। पत्रकार बानियाँ दुखेसो पोख्छन् ‘६ महिना चल्न नपाउँदै माओवादीहरूले विद्यालय बन्द गरिदिए, उनीहरू भन्थे– हामी जनवादी विद्यालय बनाउँछौं। तर, अहिले देखियो नि कस्तो विद्यालय बनाउने रहेछन्।’

उनले पुनः काठमाडौंमा संघर्ष सुरु गरे। २०५८ मा टाइम्स् एफ.एम.मा काम सुरु गरे। जुन समय शिक्षासँगै सञ्चार क्षेत्रका लागि उनका पाइला मोडिएका थिए।

तिनै पाइलाको गन्त्व्यका रूपमा लिन्छन् उनी आजको हिमालय टेलिभिजन र ‘यक्ष प्रश्न’। हुनत एफएममा करियर सुरु गर्दा उनको अनुभव उति मिठो छै । 

सुनाउँछन्, ‘टाइम्स एफ.एम.मा खुलाएको जागिरमा नाम त उत्कृष्ट नम्बरमा निकालेको थिएँ तर, पछि केही एपिसोड कार्यक्रम बजिसकेपछि मेरो आवाज नराम्रो भयो भनेर तिरस्कृत हुनपर्यो,’ उनी जीवनको एउटा अविस्मरणीय किस्सा सुनाउँछन्, ‘तपाईंको स्वर रेडियोलाई फिट हुँदैन, अलि हस्की आवाज चाहिने थियो तर, बसेको सुनियो त्यसैले बरु तपाईँ चुरोट पिउनुहोस्।’ 

डटेर उनले एफ.एम.मा काम मात्र सुरु गरेनन्, उनले औपचारिक अध्ययन पनि पत्रकारितामा सुरु गरे र यसैबाट स्नातक, स्नातकोत्तर र हाल उनी एमफिल गर्दै छन्।

पत्रकार बानियाँ आम नागरिकले देख्दा एक सञ्चारकर्मी हुन्। तर, उनको परिचयको आकार केही फराकिलो छ। शिक्षा, पर्यटन र कृषि क्षेत्रमा पनि उनको धेरथोर लगानी छ।

सँगै उद्यमशीलताको नवीन सोच र चिन्तन पनि। यी र यस्तै विषय, जीवन, भोगाइ र अनुभूतिहरू समेटेर केन्द्रविन्दुका लागि मनोज न्यौपानेले पत्रकार बानियाँसँग गर्नु भएको भिडियो अन्तर्वार्ता :

भिडियो 
 

 

Logo