हेल्थ टिप्सः बिहान ढिलोसम्म सुत्ने बानी भए सावधान, डिमेन्सिया पनि हुन सक्छ

हेल्थ टिप्सः बिहान ढिलोसम्म सुत्ने बानी भए सावधान, डिमेन्सिया पनि हुन सक्छ


के तपाईंकाे बिहान ढिलोसम्म सुत्ने बानी छ ? उसो भए सावधान !

एक अध्ययनले बिहान धेरै सुत्ने व्यक्ति डिमेन्सियाबाट पीडित हुने देखाएको छ।  यो मस्तिष्क रोगबाट गम्भीररुपमा ग्रसित हुने रोग हो। 

अध्ययनका अनुसार यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ। बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिन सक्छ।

यो एक न्यूरोलोजिकल समस्या हो। यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो। यसको समस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा देखा पर्दछ। तर, विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ।

धेरै सुत्दा कयौं प्रकारको हर्मोनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छन्। त्यसैले अब चाडै उठेर कसरत गर्ने होइन त?

Logo