दशैं विशेषः यस्ताे छ मासुका विभिन्न परिकार बनाउने विधि (भिडियोसहित)

दशैं विशेषः यस्ताे छ मासुका विभिन्न परिकार बनाउने विधि (भिडियोसहित)


नेपालीहरुको महान चार्ड बडादशैं आइसकेको छ। कोरोना महामारीको बिच पनि दशैं नजिकिएसँगै बजारमा पनि चहलपहल बढ्दै गएको छ। बडादशैं नेपालीहरुको खुशी र उमंगको पर्व हो। बाहै महिना चलहलपहल हुने काठमाडौं दशैंमा भने सुनसान हुने गरेको छ।

दशैं लागेपछि गाउँदेखि शहर, केटाकेटीदेखि वृद्धवृद्धासम्म सबैलाई नै दशैंको रौनक छाउने गर्दछ। सरकारी कार्यालय र निजी कम्पनीहरुमा समेत धेरै दिनसम्म विदा हुने हुँदा सहरबाट गाउँ जाने र गाउँको मनमोहक प्राकृतिक वातावरण, आफन्तजनहरुसँगै बसेर खुसी साटासाट गर्ने र ठूलावडाबाट आर्शिबाद लिएर खुसी मनाउने हो दशैं।

दशैंमा घर परिवारका सबै सदस्यहरु जम्मा भएर खुसी मनाउँदै तथा एक आपसमा रमाइलो गर्दै मीठो मसिनो खाएर मनाउने गरिन्छ। विशेष गरेर, दशैंमा हुँदा खाने र हुने खाने दुवै वर्गका भान्सामा मासु पाक्ने गर्दछ। अन्य समयमा भन्दा दशैंको बेलामा मासुको खपत पनि बढी नै हुने गरेको छ। दशैंमा मानिसहरुले सबै किसिमका मासुलाई विभिन्न तरिकाले पकाएर फरक फरक स्वादमा खाने गर्दछन्।

दशैं लाग्नु भन्दा अगाडिदेखि नै शाकाहारीहरुले मासुको सट्टा के खाने र माँसाहारीले मासुका कस्ता कस्ता परिकारहरु खाने भनेर योजना बनाउने गर्दछन्। मासुका धेरै परिकार बनाउने खाने गरेता पनि शाकाहारी र मांसाहारीले कस्ता परिकारको प्रयोग गर्ने, कसरी बनाउने जस्ता विषयमा धेरैलाई जानकारी नहुन सक्छ। त्यसैले दसैंमा प्रयोग गरिने मासुको परिकारको विषयमा हामीले जानकारी समेटिएका छौं।

मानिसको स्वास्थ्यलाई स्वस्थ राख्नको लागि मासुको जाँच गरी, सफा मासु मात्र खानु राम्रो हुन्छ । माछा, मासु, तरकारी, फलफूलका आआफ्नै विशेषता रहेकाले चाडबाडका बेला हरियो सागसब्जी, सलादसँगै हरेक वस्तुको मात्रा मिलाएर खानु स्वास्थ्यको लागि फाइदाजनक रहेको छ।

आफ्नै घरमा खसी, बोका, राँगा, च्याङग्रा, आदि काटेर मासु खाने गरिन्छ। विशेषगरी फूलपाती र महाष्टमीको दिन बली दिने चलन छ। यसरी बली दिएको मासु धेरै दिनसम्म विभिन्न तरिकाले पकाएर मीठो परिकारको रुपमा खाने प्रचलन छ।

दशैंका लागि मात्र नेपालमा वार्षिक ५० करोड रुयैयाँ बराबरको खसी आयात हुने गरेको नेपाल पशुपालन ट्रेडर्स एसोसियसनले जनाएको छ। स्वदेशी उत्पादनले देशको मागको १० देखि १५ प्रतिशत मात्र पूर्ति गर्न सक्छ भने बाँकी भारत, चीनबाट आयात हुने गरेको छ। पशुपंक्षी सेवा विभागको तथ्यांक अनुसार नेपालमा वार्षिक तीन लाख ३४ हजार टन मासु स्वदेशमै उत्पादन हुने गरेको छ।

अन्य समयको भन्दा दशैंमा धेरै मासु खपत हुने गरेको छ। यसमा पनि नेपालमा विभिन्न थरीका मासु मन पराउने जमात रहेको छ । जसमा कसैले खसीबोका, कसैले राँगा भंैसी, कसैले कुखुरा, हाँस्, बँदेल र बंगुर, टर्कीको मासु मनपराउने गरेका छन्। तर पनि नेपालमा सबैभन्दा बढी खपत हुने भनेको खसी, कुखुरा, राँगाभैंसी, बँदेल र बंगुरको मासु रहेको छ।

खसीबोका, च्यांग्राको मासु

नेपालमा दशैंको समयमा अन्य मासुको तुलनामा खसी बोकाको मासु बढी उपभोग हुने गरेको छ । खसीको मासु नै दशैंमा सबैभन्दा धेरैको रोजाइमा पर्ने गर्छ। अहिले नेपाली बजारमा खसीको मासुको बजार मूल्य प्रति केजी २५ सयसम्म पर्ने गरेको छ। अन्य मासुको भन्दा बढी मूल्य पनि खसीको मासुको मूल्य नै महँगो रहेको छ। काठमाडौं उपत्यकामा बस्ने बाहिरी जिल्ला घर भएका करिब ६० प्रतिशत मानिस अधिकांश दशैंका लागि जन्मथलो गाउँघर फर्किने भएकाले उपत्यकाका बाहिरी जिल्लामा पनि दशैंमा मासुको खपत बढ्ने गरेको खाद्य संस्थानले जनाएको छ।

नेपालमा उत्पादित खसीबोकाले नपुगेर भारतीय खसी पनि आयात हुने गरेको छ। दशैंमा काठमाडौं उपत्यकामा खसी बोका भन्दा च्यांग्रा बढी बिक्री हुने गरेका छन्। काठमाडौं उपत्यकामा खसीबोकासँगै च्यांग्राको मासुको खपत पनि बढेको छ। खसीको मासुमा धेरै मानिसको शरिरको लागि आवश्यक तत्व पाइन्छ। खसीको मासुमा प्रोटिन, पोटासियम, आइरन, भिटामिन ए, सि, डि, बि ६, १२, क्याल्सियम, म्याग्नेसियम र १० प्रतिशत फ्याट र १९ प्रतिशत कोलेस्ट्रोल पनि पाइन्छ।

खसीको मासुको परिकार
१.मासुको झोल
२.भुटन
४.फोक्सोको परिकार
५. खसीको पक्कु
६.मटन सेकुवा
७.मटन कवाफ
८.नेपाली मटन
९.कवाफ
१०.मटन थेबे
११.मटन कचौल
१२.मटन तास

कुखुरा, हाँस र टर्कीको मासु

काठमाडौं उपत्यका लगायत देशैभर कुखुराको मासुको खपत धेरै हुने गरको छ। तर कुखुराको मासुको सबैभन्दा ठूलो बजार रहेको काठमाडौं उपत्यकामा भने दशैंमा धेरै मानिसहरुले उपत्यका छोड्ने र काठमाडौंबासीले खसी नै बढी खाने भएकाले खासै व्यापार नबढ्ने व्यवसायीहरुले बताएका छन्।

अन्य समयमा काठमाडौं उपत्यकामा कुखुराको मासु धेरै खपत हुने गरेको छ। कुखुराको मासु धेरैले मन पराउने भए पनि दशैंमा चाँही कुखुराको मासु भन्दा खसीको मासु नै खाने गरेका छन्। त्यस्तै पछिल्लो समय कुखुराको मासु भन्दा पनि हाँसको मासु मन पराउने पनि बढ्दै गएका छन्। मासु व्यवसायीहरुका अनुसार दशैंको समयमा कुखुराको भन्दा पनि हाँसको मासुको माग बढ्ने गरेको छ। दशैंमा काठमाडौं उपत्यकामा पूजा गर्न वा मन्दिरमा चढाउनको लागि हाँसको माग बढ्ने भएको छ।

त्यस्तै, पछिल्लो समय धेरैले मन पराउन थालेको अर्को परिकार हो टर्कीको मासु। यसको अण्डा र मासु दुबै स्वास्थ्यका लागि फाइदाजनक रहेको छ । त्यसैले पनि यसको माग बढ्दै गएको देखिन्छ।

त्यस्तै, कुखुरा र टर्कीको मासुमा फ्याटको मात्रा रातो मासु भन्दा कम हुन्छ। मासु रातो र सेतो यसमा भएका मायाग्लोबिन नामक कोशिकाले निर्धारण गर्छ। सेतो मासुको तुलनामा रातो मासुमा फ्याट बढी भएसँगै यसमा प्रोटिन, भिटामिन र अन्य तत्व पनि बढि पाइन्छ।

चिकेनको विभिन्न परिकारहरु
१.चिकेन फ्राई
२.चिकेन पाङ्ग्रा
३.चिकेन करी
४.दम चिकेन
५.चिकेन टिक्का
६.होल चिकेन
७.चिकेन डन्डी
८.बारबिक्यु
९ ससेज, आदि परिकारहरु बनाउने गरिन्छ।

राँगा र भैंसीको मासु

दशैंमा धेरैले मन पराउने मासु राँगा र भैंसीको पनि एक हो। राँगा र भैंसीको मासु पनि सामान्य समयको भन्दा दशैंमा धेरै नै खपत हुने गरेको छ। विभिन्न समुदायले राँगो मासु मात्रै पनि खाने गरेका छन् । राँगा भैंसीको मासु रातो मासुको रुपमा चिनिन्छ। यसले गर्दा पनि पहिले निश्चित समुदाय वा मानिसहरुले मात्रै प्रयोग गर्ने भए पनि विगतमा भन्दा अहिले अन्य समुदाय वा मानिसहरुले पनि राँगा भैंसीको मासु उपभोग गर्न थालेका छन्। त्यसैले पनि यसको खपत बढ्ने गरेको छ। राँगा भैसीको मासुको पनि विभिन्न परिकारहरु बनाउने गर्दछन्। जस अनुसार निम्न रहेका छन् :

१. कचिला
२. सेकुवा
३.सुकुटी
४.छोइला
५.सपु म्हिचा
६.भुटन
७.ससेज आदि

बंगुरको मासु

खसी, कुखुरा, राँगा भैंसीको मासुसँगै विगतका वर्षहरुदेखि दशैंमा बंगुरको मासु पनि प्रचलनमा आएको छ। बंगुरको मासुमा बोसो प्रशस्त पाइन्छ यो मासु पनि खाने गरिन्छ। बँदेल तथा बंगुर प्रायः कैलो, कालो, सेतो, रेसाविहिन रहेका हुन्छन्। बजारमा बंगुरको मासुको माग बढ्दै गएकाले पनि नेपालमा अहिले बंगुर पालना व्यवसाय पनि फस्टाउँदै गएको छ। योसँगै बँदेलको मासु उपभोग गर्नेको संख्यामा पनि वृद्धि हुदै गएको छ। अझ अहिले बजारमा पाउने धराने कालो बंगुरको मासुले पनि बजार लिएको छ। बँदेल र बंगुरको मासु सेतो रङको हुने भएकोले स्वास्थ्यका लागि पनि खासै बेफाइदा नगर्ने हुँदा रोजाइमा पर्ने गरेको छ। बंगुरको मासुको पनि विभिन्न परिकारहरु बनाउन सकिन्छ।

Logo