राडीपाखीजस्तै उनिएकाे छेञ्जोंङको जीवन

राडीपाखीजस्तै उनिएकाे छेञ्जोंङको जीवन


कालो कपाललाई विस्तारै सेतोले छोप्दैछ। रातो टिसर्ट, घाँटीमा पहेँलो गेडीको माला।  छेउमा छन् ढुंगा र काठले अड्डाइएको चान। त्यहीँ चानमा बुन्छिन्, राडीपाखी।

६० वसन्त पार गरेकी कार्मा छेञ्जोंङ लामाकाे दैनिकी यसरी नै बितिरहेछ । मुगुमकार्मारोंग गाउँपालिका-८ माँग्रीकी उनी बिहान १० नबज्दै कौसीमा पुगिसक्छिन्।

‘के गर्नु राडी नबुनी छाक टर्दैन्,’ बुढ्याैलीमा सक्रिय उनले भनिन्,  जीवन नै यही काममा बितेको छ।’ यही सीपबाट  मासिक ५/१० हजारसम्म कमाइ हुने गरेको उनले सुनाइन्।

माँग्री गाउँमा लामा समुदायको बाहुल्य छ। यहाँका भोटे महिलाको दिनचर्या राडी बुन्नमा बित्छ, जुन उनीहरूको परम्परागत पेशा हो। 

एउटा राडी बुन्न दुई/तीन दिन लाग्छ। भेँडा, बाख्रा र च्याङ्ग्राको रौंबाट राडी,पाखी बन्छ। तेन्जोङ लामाको दिनचर्या पनि राडीपाखी बुनेरै बित्छ। 

Logo