१८ असार २०७९ शनिबार
1
1
1
1

चिसो मौसममा सुन्तलाको सेवनबाट के फाइदा हुन्छ ?

1
1
1
1

धेरैलाई लाग्न सक्छ,चिसो मौसममा सुन्तला खाँदा चिसो र रुघाखोकी लाग्न सक्छ । तर सुन्तलाले हामीलाई यिनै समस्याबाट जोगाउँछ । अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ । चिसो मौसममा तापक्रम कम हुने कारणले हाम्रो शरीरमा रोग प्रतिरोधी क्षमतामा कमी आउँछ । छालाहरू सुख्खा हुन्छन् । पाचन प्रक्रिया पनि कमजोर हुन थाल्छ । यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ । सुन्तला सेवनका मुख्य फाइदाहरू यस प्रकार छन् । 

१‍. तौल घटाउन 

सुन्तलामा फाइबर पाइन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ । घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ । र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ । यस कारण शरीरमा क्यालोरीको मात्रा कम हुन्छ । सुन्तलाको रसभन्दा यसको फल धेरै लाभदायी हुन्छ ।

२. रोग प्रतिरोधी क्षमता र छालाका लागि 

चिसा दिनहरूमा छाला, स्वास्थ्य, पाचन प्रक्रिया आदि खराब हुने सम्भावना बढ्छ । सुन्तलामा पाइने भिटामिन सीले शरीरका कीटाणुहरूलाई रोक्ने भएकाले यसले रोग प्रतिरोधी क्षमताको पनि काम गर्छ । सुन्तलामा हुने भिटामिन सीले शरीरलाई जवान देखाउने काम गर्छ । 

३. चिसो र रुघाखोकीबाट बचाउँछ 

चिसो मौसममा रुघाखोकी जस्ता समस्या देखापर्नु सामान्य नै हो । त्यसैले चिसो मौसममा धेरै सुन्तला खान सकिन्छ । हार्वर्ड हेल्थ पब्लिशिङमा छापिएको एक अध्ययनका अनुसार चिसो र रुघाखोकीबाट बच्नका लागि भिटामिन सी धेरै नै फाइदाजनक हुन्छ । सुन्तलाको सेवनले चिसोबाट बच्न सकिन्छ । 

४. मुटुका लागि फाइदाजनक 

अमेरिकी हार्ट एसोसिएसनको एक अध्ययनका अनुसार अमिलो खानेकुरा, सुन्तला, अंगुर जस्ता फलफूलले स्ट्रोक हुनबाट बचाउँछ । यसमा हुने फ्लेवोनोइड्सले मुटुको रोगहरूबाट बचाउँछ । यसको सेवनले रक्त कोशिकाहरूको कार्य क्षमता बढाउँछ ।

५. मिर्गौलामा हुने पथ्थरीको सम्भावना कम 

पिसाबमा साइट्रेटको मात्रामा कमी आएमा मिर्गौलाको पथ्थरी हुने सम्भावना बढी हुन्छ । साइट्रेटमा एक प्रकारको साइट्रिक एसिड हुन्छ । पथ्थरीको आकार सानो भएको समयमा एक गिलास सुन्तलाको जुस पिउने गर्नुपर्छ । यसले पिसाबमा साइट्रेटको स्तर बढाउँछ । जसले पथ्थरी हुने सम्भावना कम हुन्छ ।

लाइफ स्टायल

प्रकाशित: ११ मंसिर २०७८ १२:०९ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी