नीतिका कुरा : स्मरण शक्ति जोगाउने रहस्य

नीतिका कुरा : स्मरण शक्ति जोगाउने रहस्य


काठमाडौं ।

धेरै व्यक्तिहरू त्यस्ता हुन्छन् जो लामो समयसम्म सम्झन असमर्थ हुन्छन् । तपाईंले पढेको कुराहरु याद गर्न, मनलाई र दिमागलाई एकाग्र पारेर अध्ययन गर्नु पर्दछ । यस सन्दर्भमा, स्वामी विवेकानन्दको प्रसंग प्रचलित छ ।

प्रसंग अनुसार स्वामी विवेकानन्द आफ्नो गुरुभाईसँग यात्रा गर्दै थिए । स्वामी पढ्न मन पराउँथे । उनले राम्रा किताबहरू पाउने बित्तिकै पढ्न थाल्थे । कुनै नयाँ ठाउँमा जाँदा पनि पुस्तकालय खोज्थे ।

एउटा शहरमा उनले पुस्तकालयमा धेरै पुस्तकहरू देखे, जुन उनी पढ्न चाहन्थे । पुस्तकहरू पढ्न स्वामीजी र उनका गुरुभाई केही दिन त्यसै ठाउँमै बसे । गुरुभाईले उनलाई पुस्तकालयबाट संस्कृत र अंग्रेजीका नयाँ पुस्तकहरू ल्याएर दिन्थे । स्वामीजी ती पुस्तकहरू पढ्थे र एक दिनमै फिर्ता गर्थे ।

धेरै दिनसम्म यहि सिलसिला चल्यो । लाइब्रेरियन यो देखेर छक्क परेर स्वामीजीका गुरुभाईलाई सोधे “तपाईं यति धेरै नयाँ किताबहरू हेर्नका लागि लानुहुन्छ, यदि हेर्ने नै हो भने म यहिं नै तपाईंलाई देखाइदिन्छु । दैनिक यति धेरै तौल किन उठाउनु हुन्छ ?”

स्वामीजीका गुरुभाईले भने, ‘तपाईंले भने जस्तो होइन मेरो भाई यी सबै पुस्तकहरू धेरै गम्भीरताका साथ पढ्नु हुन्छ । यसपछि मात्र म यहाँ फिर्ता गर्न आउँछु ।’

यो सुनेर पुस्तकालयका मान्छेले भने, ‘यदि तपाईंले साँचो बोल्दै हुनुहुन्छ भने, म उनलाई भेट्न चाहन्छु ।’ गुरुभाईले पनि पुस्तकालयमा स्वामीजीलाई ल्याउने कुरा गरे ।

अर्को दिन गुरुभाई स्वामीजीलाई लिएर पुस्तकालयमा पुगे । स्वामीजीले पुस्तकालयलाई भने कि सर तपाईं अचम्म नमान्नुस् । मैले यी पुस्तकहरू पढेको मात्र छैन, पढेको सबै कुरा मलाई याद पनि छ । यति भन्दै, स्वामीजीले केहि पुस्तकहरू फिर्ता गरे र किताबको केही अंश लाइब्रेरियनलाई पृष्ठ नम्बरका साथ वर्णन समेत गरे ।

यस्तो सुनेर लाइब्रेरियन छक्क पर्दै स्वामीजीसँग यस्तो राम्रो स्मरण शक्तिको रहस्य सोधे ।

स्वामीजीले भने यदि केहि कुरा पूरा ध्यान दिएर पढिन्छ भने लामो समयसम्म याद रहन्छ । तर यसका लागि एउटा अर्को कुरा पनि आवश्यक छ कि हाम्रो दिमागलाई क्याच गर्ने क्षमता पनि राम्रो हुनु पर्दछ । एकाग्रता पावर बढाउन दिनहुँ ध्यान गर्नुपर्छ । पढ्नु पर्छ र अभ्यास गर्नुपर्छ ।

Logo