२३ असार २०७९ बिहीबार
1
1
1
1

बाढीले सयौं बिगाहा केराखेती नष्ट

1
1
1
1

राजविराज, १३ साउन । एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ । 

सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो । 

बाढी खेतमा पसेपछि यहाँ लगाइएको केराका बोट नष्ट भएको छ । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केराका बोट सुक्न थालेको कृषक इन्द्रदेव लोगी बताउनुहुन्छ । एक बिगाहा जग्गामा केराखेती गर्न रु दुई लाखभन्दा बढी लागत लाग्छ । केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् । 

यस्तै सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–२ कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । सो क्षेत्रमा करिब ४०० बिगाहामा केराखेती गरिएको छ । रासस 

प्रकाशित: १३ साउन २०७४ १७:१३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी