बढ्दो तौल नियन्त्रण गर्न नुन अचुक ओखती

बढ्दो तौल नियन्त्रण गर्न नुन अचुक ओखती


बढ्दो तौल नियन्त्रण गर्न सजिलो छैन । यसका लागि सन्तुलित आहार र दैनिक व्यायाम आवश्यक छ । 

साथै, जङ्क फुड अर्थात् स्ट्रीट फडबाट बच्नुपर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार व्यायाम गर्नुअघि एक चिम्टी नुन खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रत्येक दिन व्यायाम गर्नु अघि एक गिलास पानीमा एक चिम्टी नुन मिसाएर सेवन गर्दा बढ्दो तौललाई नियन्त्रण गर्न मद्दत पुग्छ । नुनका कारण शरीरमा पानीको कमी हुँदैन । व्यायाम गर्दा हाम्रो शरीरबाट पसिना निस्कन्छ ।

जसका कारण शरीरमा पानीको कमी हुनसक्छ । तर नुन पानीको सेवनले व्यायाम गर्दा शरीरलाई हाइड्रेट भइराख्न मद्दत गर्छ । यदि कम समयमै तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने, दैनिक व्यायाम गर्नु अघि नुन पानी पक्कै सेवन गर्नुहोस् । यस पेय पदार्थको सेवनले मोटोपनाबाँट छिट्टै राहत पाउनुहुन्छ । 

नुन पानी मुटुका लागि निकै फाइदाजनक

विज्ञहरुका अनुसार नुनले शरीरमा रक्तसञ्चारलाई राम्रो बनाउन मद्दत गर्छ । कसरत गर्दा रक्तसञ्चार सही हुन धेरै महत्वपूर्ण हुन्छ । नुन पानीको सेवनले रक्तसञ्चारलाई नियन्त्रणमा राख्छ । व्यायाम पछि पनि शरीरको रक्तसञ्चार सामान्य रहन्छ र यसले मांसपेशी तनाव र क्र्याम्पहरु आउन दिदैन ।

यसका अतिरिक्त, नुन पानीको सेवनले व्यायामको क्रममा पसिनाबाँट निस्केको इलेक्ट्रोलाइट्स भर्न मद्दत गर्दछ । तर, व्यायाम गर्नुअघि चिकित्सकको सल्लाह लिएर मात्र नुन पानीको सेवन गर्नुपर्छ । साथै नुन पानीको सेवनले बढ्दो तौललाई सजिलै नियन्त्रण गर्न सकिन्छ । 

Logo