कोरोनाका कारण थप एक जनाको मृत्यु

कोरोनाका कारण थप एक जनाको मृत्यु


कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल पोखरामा उपचाररत ३२ वर्षीया महिलाको मृत्यु भएको भएको हो ।

भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

यो सँगै प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७६ जना पुगेको छ ।

Logo