‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री

‘एनिमल’को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री


रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ। हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेकाे छ।जसअनुसार पिभिआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो। ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ। 

‘एनिमल’को माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन्। ट्रेड विज्ञहरुले ‘एनिमल’ लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन्। अहिलेको लागि हेर्न बाँकी नै छ ‘एनिमल’ ले बक्स अफिसमा कति कीर्तिमान बनाउने? हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ। 

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो। कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’ मा रणबीर कपूर बाहेक बबी देओल, रश्मिका मन्डन्ना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोय लगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।चलचित्रको संगीत पनि निकै रुचाइएको छ। यो फिल्म डिसेम्बर १ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।

Logo