डडेल्धुरा

कुनै समय दुलर्भ वन्यजन्तुहरुको बासस्थानका रुपमा चिनिने डडेल्धुरा जिल्लाको भित्रि मधेस क्षेत्रमा अनियत्रित ढंगबाट वन विनास हुन थालेपछि पछिल्ला बर्षहरुमा वन्यजन्तु देखिन छाडेका छन् । "/>

दुर्लभ वन्यजन्तुको बासस्थान लोप हुने खतरा : चुरे विनाशको असर

दुर्लभ वन्यजन्तुको बासस्थान लोप हुने खतरा : चुरे विनाशको असर


डडेल्धुरा

कुनै समय दुलर्भ वन्यजन्तुहरुको बासस्थानका रुपमा चिनिने डडेल्धुरा जिल्लाको भित्रि मधेस क्षेत्रमा अनियत्रित ढंगबाट वन विनास हुन थालेपछि पछिल्ला बर्षहरुमा वन्यजन्तु देखिन छाडेका छन् ।

जैविक विविधताका दृष्टिले अति संवेदनशील चुरे क्षेत्रको अति दोहनले दुर्लभ वन्यजन्तुको बासस्थान उजाडिँदै गएको हो । चुरे क्षेत्रको वन विनासका कारण जैविक सन्तुलन खल्बलिएको र जनजीवन प्रभावित बन्न थालेको स्थानीय बताउँछन । दिन प्रतिदिन चुरे क्षेत्रको वन उजाडिँदै गएपछि जीवजन्तु सङ्कटमा परेका छन् भने उनीहरुको बासस्थान पनि जोखिममा परेको छ । मानवीय चाप, जल जमीन र जङ्गलको दोहनले पर्यावरणीय सन्तुलन समेत खल्बलिएको र पानीका मुहान सुक्दै जाँदा बस्ती नै सार्नुपर्ने अबस्था सिर्जना भएको परशुराम नगरपालिका–७ बड्डीमलासका बासिन्दा नरबहादुर जाग्रीले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययन अनुसार चुरे क्षेत्रमा गाईवस्तु चराउने, असन्तुलित रूपमा वन पैदावार निकासी हुने, वन अतिक्रमण जस्ता समस्या भेटिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम संयोजक डा. नरेश सुवेदीले अध्ययनका क्रममा चुरेको माटो मात्रै होइन, जैविक विविधताका हिसाबले पनि संवेदनशील रहेको पाइएको बताए । “चुरे क्षेत्रमा माटो र जलाधारसँगै वन्यजन्तुको बासस्थान जोगाउन पनि लाग्नुपर्छ ।” उनले भने ।

देशका सबै चुरे क्षेत्र समेटेर गरिएको यो पहिलो अध्ययन हो । यसअघि संरक्षित क्षेत्रका चुरेको मात्रै अध्ययन भएको थियो । उनका अनुसार जहाँ क्यामेरा राख्यो, त्यहाँ धेरै मान्छे र बाख्रा कैद हुनु विडम्बना छ । सरकारले ल्याएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अति महत्वपूर्ण भएकाले चुरेमा बस्ने वन्यजन्तुको क्षेत्रमा समेत काम गर्नु जरुरी रहेको अध्ययनले देखाएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo