इजिप्टको मस्जिदमा बम हमला, मृत्यु हुनेको संख्या ३०५

इजिप्टको मस्जिदमा बम हमला, मृत्यु हुनेको संख्या ३०५


कायरो, १० मंसिर ।

इजिप्टको एउटा मस्जिदमा भएको बम हमलामा परी मृत्यु हुनेहरुको संख्या ३०५ पुगेको छ ।

मृत्यु भएका मध्ये २७ जना बालबालिका रहेको र अरु १२८ जना घाइते भएको सरकारी संचार माध्यमहरुले जनाएका छन् ।

घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।

घाइतेहरु मध्ये केहीको अवस्था अझै पनि जटिल रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

आतङकबादीहरुले इजिप्टको उत्तरी क्षेत्रमा पर्ने साइनाईमा रहेको एउटा मस्जिदमा शुक्रबार बम र गोली प्रहार गरेका थिए ।

हरेक शुक्रबार साप्ताहिक प्रार्थनाका लागि मुस्लीम धर्माबलम्वीहरू ठूलो संख्यामा मस्जिदमा भेला हुने गर्दछन् ।

आक्रमणकारी आइएस लडाकूहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेर हिंसात्मक हमला गरेका हुन् ।

हमलापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने नागरिकहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ । एजेन्सी

Logo