सार्वजनिक यातायातको भाडा घट्यो

सार्वजनिक यातायातको भाडा घट्यो


पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ। स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइका अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैया घटेको छ। त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रृवहाक सवारी साधनमा २.१३ प्रतिशत, मालवहाक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको उनले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले घटेको भाडादर आजदेखि नै लागू हुने भन्दै त्यसको अनुगमन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको बताए।  

उनले भने,‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ,त्यसको अनुगमन यातायात  व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ,पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ। त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ।’

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजनको लागि उनले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए।

Logo