वैज्ञानिक समाजवाद भनेकै लोकतान्त्रिक समाजवाद : शंकर पोखरेल (भिडियाे सहित)

वैज्ञानिक समाजवाद भनेकै लोकतान्त्रिक समाजवाद : शंकर पोखरेल (भिडियाे सहित)


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले वैैज्ञानिक समाजवाद भनेको नेकपाका सन्दर्भमा लोकतान्त्रिक समाजवाद नै भएको टिप्पणी गरेका छन् ।

प्रदेश ५ का मुख्य मन्त्रीसमेत रहेका पोखरेलले केन्द्रविन्दु अनलाईनसँगको अन्तर्वार्तामा जनताको बहुदलीय जनवाद आत्मसात् गरिसकेको पार्टीले एकदलीय समाजवाद निर्माण गर्छ भनेर शंका गर्न नमिल्ने बताए । मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपाको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हुने प्रस्ताव गरिएको छ ।

नेकपाभित्र सैद्धान्तिक बहसमा समेत प्रभावशाली नेताका रूपमा परिचित पोखरेलले आफूहरूले लोकतन्त्रलाई रणनीतिका रूपमा मात्रै आत्मसात नगरेको दावी गरे । नेकपाले निर्माण गर्ने वैज्ञानिक समाजवाद पनि लोकतान्त्रिक विधि र प्रक्रिया अन्तर्गत नै हुने उनले बताए । “किनकि लोकतन्त्र हाम्रो आधारभूत विश्वास हो,” पोखरेलले भने ।

स्थायी कमिटी सदस्य पोखरेलसँग नेकपाको सैद्धान्तिक कार्यक्रमबारे गरिएको कुराकानीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Logo