आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु-
प्रतिनिधिसभा तर्फ
- प्रभु साह, रौतहट –३
- किरण साह, रौतहट–२
- प्रदिप साह, रौतहट–४
- रामआधार कापड, महोत्तरी –३
- मानबहादुर खडका, सर्लाही–१
- किशोरी साह, धनुषा–१
- कृष्ण कुमार महतो, धनुषा –४
- सन्तोष श्रेष्ठ, पर्सा –१
प्रदेशसभा तर्फ
- चन्द्रभुषण साह, सर्लाही १ (क)
- रेनुका पोडेल, सर्लाही ३ (क)
- उमेश कुशवाहा, बारा ४ (ख)
- केशव राय चौधरी, रौतहट ३ (क)
- कुन्दन कुशवाहा, रौतहट ३ (ख)
- राजेश चौधरी, रौतहट १ (ख)
- मनोज यादव, रौतहट १ (ख)
- मुजिम राय, महोत्तरी ३ (क)
- सुनिल रोहित, महोत्तरी ३ (ख)
- गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
- योगेश सिंह, सिरहा २ (ख)
- प्रमोद महतो, महोत्तरी १ (ख)
- देवराज घिमिरे, बारा १ (क)
- जयन्त कुशवाहा, बारा १ (ख)
- कदम रसुल, पर्सा– (ख)
- प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
- विनोद लामा, पर्सा २ (क
प्रतिक्रिया