४८ घण्टाभित्र नियम विपरीतका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

४८ घण्टाभित्र नियम विपरीतका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन


गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीलाई फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् । ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ। 

नयाँ गृहमन्त्रीमा रवि लामिछानेको प्रवेश भएसँगै यसलाई मन्त्रालयको पहिलो एक्सनको रुपमा लिइएको छ ।

हेर्नुहोस्, मन्त्रालयको विज्ञप्ति-

Logo