स्वास्थ्य सेवामा युनिग्लोब कलेज

स्वास्थ्य सेवामा युनिग्लोब कलेज


काठमाडौंको नयाँ बानेश्वरस्थित युनिग्लोब कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा रक्तदान कार्यक्रम, आँखा जाँच, दन्त जाँच, छाला जाँच, जनरल जाँचलगायत फिजियोथेरापी प्रशिक्षणसमेत दिइएको छ । 

शिविरमा विभिन्न विषयका विशिष्ट विशेषज्ञ चिकित्सकको टोली उपस्थिति रहेको छ । शिविरमा ६ सयभन्दा बढीले सेवा लिएको कलेजले जनाएको छ । 

युनिग्लोब कलेजमा भएको हेल्थ क्याम्पमा ६ वटा फरक फरक टिम आएर सेवा दिएको कार्यक्रमका आयोजक युनिग्लोब कलेजअन्तर्गतको युनिग्लोब सेन्टर फर सोसल प्रोग्रामका उपाध्यक्ष आशिष कुसवालले बताए । उनका अनुसार रक्तदानको लागि रेडक्रस सोसाइटी, आँखा जाँचको लागि दृष्टि आइ केयर, दात जाँचको लागि समाज डेन्टल  र काठमाडौं मेडिकल कलेजबाट डाक्टरको ठूलो टिम आएर सेवा दिएका छन् । 

शिविरको उद्देश्य कलेजमा अध्ययन गर्ने विद्यार्थी, अभिभावक र स्थानीयको निशुल्क स्वास्थ्य जाँच गराउने रहेको उपाध्यक्ष कुसवालको भनाई छ ।

शिविरमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारीलगायत स्थानीयले निःशुल्क स्वास्थ्य जाँच गर्ने अवसर पाएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीको समाजप्रतिको उत्तरदायित्व, भूमिका र आफ्नो स्वास्थ्यप्रतिको सजगतालाई थप मजबुत बनाउन सहयोग गर्ने युनिग्लोब कलेजले जनाएको छ ।

Logo