जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति [पत्रसहित]

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति [पत्रसहित]


जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । 

सहमति पत्रमा टीकापुर घटनाका बन्दी रेशम चौधरी लगायतको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोड दिनेलगायत वर्तमान राजनीति परिवेशमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने विषय उल्लेख छन् । 

जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । उसले थ्रेस होल्ड कटाउँदै पाँच सांसद र एकजना प्रत्यक्षतर्फ जित हासिल गरेको हो । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा ३ जना सांसद रहेका छन् । 

के-के छन् साझा मुद्दा ? हेरौं विज्ञप्ति-

321303192_693522678987959_5009107784961781178_n

323546237_889846522048981_111962471500294372_n

Logo