बागमतीका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय, १६६९ कर्मचारीको दरबन्दी स्वीकृत

बागमतीका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय, १६६९ कर्मचारीको दरबन्दी स्वीकृत


बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिकसहित १६६९ कर्मचारीहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । 

उनका अनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई ३०० बेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ भने धादिङ अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल,सिन्धुली अस्पताल र चितवनको बकुलर अस्पताललाई १०० वेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको छ ।

त्यस्तै, सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शैयाका अस्पतालका रुपमा स्तरवृद्धि गर्ने निर्णय भएको छ ।

Logo