सवारी चालक अनुमतिपत्र नवीकरण आइतबारबाट खुल्ने, म्याद सकिएकालाई पनि जरिवाना नलाग्ने

सवारी चालक अनुमतिपत्र नवीकरण आइतबारबाट खुल्ने, म्याद सकिएकालाई पनि जरिवाना नलाग्ने


काठमाडौं ।

उपत्यकामा तीन हप्ताको निषेधाज्ञामा अनिश्चित कालका लागि बन्द रहेका वागमती प्रदेश माताहतका यातायात कार्यालयहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण आगामी आइतबारबाट सेवा शुरु हुने भएको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखा ललितपुरले विहिबार एक सूचना प्रकाशन गर्दै भदौ २८ गते आइतबारबाट लाइसेन्स नवीकरणको सेवा दिने जानकारी दिएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नु नपर्ने भएको छ ।

त्यस्तै, यातायात कार्यालयले भदौ मसान्तसम्ममा लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने पनि जनाएको छ । लाइसेन्स नवीकरण बाहेकका अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।

Logo