चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशद्वारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी दिए । “कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ”, प्रवक्ता महर्जननले भने। सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन् ।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ । उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शैयाको रहने नगरपालिकाले जनाएको छ ।रासस

Logo