धादिङमा दुर्घटना अपडेट: ६ जनाकाे मृत्यु, २० जना घाइते, ४ जनाकाे अवस्था गम्भीर

धादिङमा दुर्घटना अपडेट: ६ जनाकाे मृत्यु, २० जना घाइते, ४ जनाकाे अवस्था गम्भीर


काठमाडौं । धादिङकाे नीलकण्ठ नगरपालिका–८ मा मिनिट्रक गाडी दुर्घटना हुँदा ६ जनाको निधन भएको छ ।  साथै ट्रकमा सवार अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । धादिङकै ज्वालामुखी गाउँपालिका–४ ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग १ ख ८०१२ नम्बरको मिनिट्रकमा २६ जना सवार थिए ।

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलीकाेप्टरमार्फत काठमाडौं पठाउन लागिएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ ।

Logo