सात महिनामा साढे ७ खर्बको व्यापार घाटा

सात महिनामा साढे ७ खर्बको व्यापार घाटा


काठमाडौं

आर्थिक वर्ष २०७५ / ७६ सात महिने अवधिमा नेपालको वैदेशिक व्यापार घाटा साढे ७ खर्ब पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७५ / ७६ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब ८० अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको २०७४ / ७५ सात महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २४ दशमलव ३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सात महिनामा विभिन्न देशसँग नेपालको ८ खर्ब ८६ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको छ ।

जसमध्येमा नेपालले विभिन्न देशबाट ८ खर्ब ३३ अर्ब २७ करोड मूल्यको वस्तु आयात गरेको छ भने जम्मा ५३ अर्ब ८ करोड मूल्यको वस्तु निर्यात गरेको छ । २०७५ / ७६ सोही अवधिमा नेपालको वैदेशिक व्यापार २२ दशमलव ७ प्रतिशतले बढेको छ । केन्द्रको अनुसार गतवर्षको तुलनामा नेपालको निर्यात १२ दशमलव ४ प्रतिशतले बढेको छ भने आयात २३ दशमलव ४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २०७४ /७५ को सात महिनाको सोही अवधिको तुलनामा चालू आर्थिक १२ दशमलव ४ प्रतिशत निर्यात बढे पनि आर्थिक वर्षको सात महिनामा नेपाल गरेको विश्व बजारसँगको कुल व्यापारमा नेपालले ६ प्रतिशत वस्तु मात्र निर्यात गरेको छ । यसैगरी कुल विश्व बजारसँग व्यापारमा ९४ प्रतिशत वस्तु आयात गरेको छ ।

विश्व बजारसँग नेपालको व्यापार घाटा दैनिक बढ्दै गएको छ । नेपालले विश्व बजारबाट धेरै वस्तु आयात गर्ने तर कम निर्यात गर्न हुँदा नेपालको विश्व बजारसँग दैनिक व्यापार घाटा बढ्दै गएको हो । केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७५/७६ को सात महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

नेपालका वैदेशिक व्यापार घाटा सबैभन्दा धेरै छिमेकी राष्ट्र भारत र चीनसँग बढ्दै गएको छ । यसैगरी २०७५/७६ को सात महिनामा पेट्रोलियम पदार्थमा १ खर्ब २० अर्ब ७ करोड आयात भएको छ । यसैगरी फलाम तथा स्टिल र तिनका उत्पादनहरूको आयातमा ४१ दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब ९० करोड मूल्य बराबरको सामान आयात भएको छ । मेसिनरी तथा पार्टपुर्जामाको आयात भने ४ प्रतिशतले घाटेको छ । सो मेसिनरी तथा पार्टपुर्जा ६८ अर्ब ७४ करोड आयात भएको केन्द्रको तथ्यांकले देखाएको छ ।
राजधानीबाट

Logo