धादिङ, २०, मंसिर

केही दिन अघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। "/>

विस्फोटक पदार्थ ओसार पसार हुन थालेपछि सर्तकता अपनाईंदै

विस्फोटक पदार्थ ओसार पसार हुन थालेपछि सर्तकता अपनाईंदै


धादिङ, २०, मंसिर

केही दिन अघि काठमाडौँ जादै गरेको बसमा बम भेटिएपछि राजमार्गमा चल्ने सवारी चेकजाँचमा कडाई गरिएको छ। बम र विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ परेपछि राजधानीमा दोस्रो चरणमा हुने निर्वाचन लक्षित गरेर राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएको हो । धादिङ जिल्लामा मंसिर १० गते नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनका लागि लुकाईछिपाई विस्फोटक पदार्थ राजधानी भित्राउने गरेको घटनापछि प्रहरीको आँखा राजमार्गमा चल्ने सवारी चेक जाँचमा परेको छ। भारतबाट नेपाल छिर्ने नाका हुँदै विस्फोटक पदार्थको ओसारपसार हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको प्रहरी उपरीक्षक धुव्रराज राउतले बताए । ‘सवारी साधनमा लुकाईछिपाई विस्फोटक पदार्थ राजधानी भित्रन थालेपछि चेकजाँच कडाई गरिएको हो।’ राउतले भने, ‘राजधानीका विभिन्न क्षेत्रमा बम भेटिएको घटना भइरहदा राजधानी भित्रने सवारीमा चेकजाँच गरेका हौँ।’

राजधानी छिर्न पृथ्वी राजमार्ग हुँदै विभिन्न जिल्लाबाट आउने सवारीमा भारतीय नाकाबाट नै बम फिट गरेर आउने गरेको प्रहरीको अनुमान छ । सरकारले नेपाल छिर्ने नाकामा सुरक्षा कडाई गरेपनि विभिन्न जिल्ला हुँदै विस्फोटक पदार्थ राजधानी भित्रिने गरेको छ। काठमाडौमा सुरक्षा चुनौती थेग्न प्रहरीले राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरेको हो।
नागरिकबाट

Skip This
Logo