रकमबिनाको चेक दिएर फरार प्रतिवादी बल्ल परे प्रहरीको पञ्जामा

रकमबिनाको चेक दिएर फरार प्रतिवादी बल्ल परे प्रहरीको पञ्जामा


ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलका ४७ वर्षीय राजेन्द्रकुमार महर्जनले कृष्णभक्त महर्जनलाई ५ भदौ २०७५ मा चेक दिए । तर नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएपछि महर्जनले बैंकिङ कसूरमा जाहेरी दर्ता गराए ।

उच्च अदालत पाटनले २९ माघ २०७६ मा महर्जनलाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने ठहर गर्यो । त्यसपछि राजेन्द्रकुमार महर्जन फरार रहे ।

काठमाडौंको कलंकी क्षेत्रमा लुकिछिपी बस्दै आएका उनलाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लियो ।

Logo