दसैं-तिहारलाई लक्षित गर्दै माइडियाले ल्यायो आकर्षक अफर

दसैं-तिहारलाई लक्षित गर्दै माइडियाले ल्यायो आकर्षक अफर


नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक चौधरी ग्रुपले नजिकिरहेको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

“माइडियाको शुभकामना सरल र सुखी जीवनलाई” भन्ने नारासहित जारी भएको यस अफरअन्तर्गत माइडियाको ६ र ७ केजीवासिङ्ग मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजी भन्दा माथि का वासिङ्ग मेसिन को खरिद मा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ ।  रु. ३४,३०० सम्मको  क्यासब्याक रहेको कम्पनीले जनाएको छ । 

यो ग्राहक योजना हाल नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । यस ब्रान्डले एयर ट्रिटमेन्ट(कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाहर लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

Logo