इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन जना पक्राउ

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या, तीन जना पक्राउ


इलाममा खुकुरी प्रहार गरि एक जनाको हत्या भएको छ । 

इलामको चुलाचुली गाउँपालिका वडा नं ५ पुकुवामा ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या भएको हो । उनको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका वडा नं ४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई लगायत छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । झ्याम्ले समेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए । 

गुरुङ घाइते भएको खबर प्राप्त हुनासाथ पेल्टिमारीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले उपचारको लागि लाइफलाइन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Logo