एमालेसँग चुनावी तालमेल गर्न लोसपाद्वारा समिति गठन

एमालेसँग चुनावी तालमेल गर्न लोसपाद्वारा समिति गठन


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमालेसँग चुनावी तालमेलबारे छलफल गर्न समिति गठन गरेको छ । 

लोसपा अध्यक्ष महन्थ ठाकुरले एमाले लगायतका दलसँग तालमेल गर्न वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन् । समिति सदस्यहरूमा शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोधमा उत्रिएको लोसपाले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल भने एमालेसँगै गर्ने प्रयास गरेको हो । 

विज्ञप्ति-

 

Logo