१५ पुसमा आउँदै ‘कौसिद’

१५ पुसमा आउँदै ‘कौसिद’


बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘कौसिद’ आगामी १५ पुसमा रिलिज हुने भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको फिल्ममा कुमार भास्करको निर्देशन छ ।

फिल्ममा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलको छायांकन रहेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । 

फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथालाई बोल्नेछ । फिल्मको वितरण आरआर फिल्म्सले लिएको छ । 

Logo