याडियाको वर्ल्डकप अफरः २५ हजार नगद छुटदेखि ४३ इन्चको टीभी सम्म

याडियाको वर्ल्डकप अफरः २५ हजार नगद छुटदेखि ४३ इन्चको टीभी सम्म


नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले फिफा वर्ल्ड कप २०२२ बम्पर अफर घोषणा गरेको छ ।

अफर अन्तर्गत प्रत्येक याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २० हजार नगद छुटको साथै गोला प्रथाबाट पहिलो, दोस्रो र तेस्रो विजेतालाई विभिन्न पुरस्कारको व्यवस्था गरेको छ । यस अनुसार पहिलो विजेतालाई ९० हजार १९० मूल्य बराबरको एलजीको ४३ इन्च यूएचडी फोरके टीभी प्रदान गरिने छ ।

त्यसैगरी दोस्रो विजेतालाई ५५ हजार ६९० मूल्य बराबरको ३२ इन्च स्मार्ट एलईडी टीभी र तेस्रो विजेतालाई ४१ हजार १९० मूल्य बराबरको १९० लिटरको रेफ्रिजेरेटर उपलब्ध हुनेछ । नेपाली बजारमा याडियाका सी१एस, जी५ र एस लाइक गरी तीन मोडल उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ७० हजार, ३ लाख ५० हजार र २ लाख ५५ हजार रुपैयाँ छ ।

Logo