ज्येष्ठ सदस्यको शपथसँगै संघीय संसद् पुगे जबरा

ज्येष्ठ सदस्यको शपथसँगै संघीय संसद् पुगे जबरा


राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ ग्रहण गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबरा संघीय संसद् सचिवालय पुगेका छन् । 

जबराले त्यहाँ पुगेर संघीय संसद्का महासचिव भरत गौतमलगायत अधिकारीहरूलाई भेटेका हुन् । संसद् सचिवालयले जबरालाई ज्येष्ठ सदस्यका रूपमा स्वागतसमेत गरेको छ । 

बिहीबार जबराले प्रतिनिधिसभाका सबै सांसदलाई सपथ खुवाउने कार्यतालिका छ ।

Logo