पीएम कप महिला टी–२० क्रिकेटको फाइनल आज, प्रदेश–१ र सुदूरपश्चिम भिड्दै

पीएम कप महिला टी–२० क्रिकेटको फाइनल आज, प्रदेश–१ र सुदूरपश्चिम भिड्दै


इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनलमा प्रदेश नम्बर–१ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १२ बजे सुरु हुनेछ । दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । प्रदेश–१ ले दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । सुदुरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई १८१ रनले हराएर फाइनलमा स्थान बनाएको हो  ।

प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार रुपैयाँ पाउनेछन् ।

Logo