शीर्षस्थानको बायर्न हारबाट जोगियो

शीर्षस्थानको बायर्न हारबाट जोगियो


जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले एफसी कोल्नसँग  बराबरी खेल्दै अंक बाडेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा बायर्न एफसी कोल्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो । कोल्नका एलएस स्किरीले गोल गर्दा बायर्नका योसुवा किम्मिखले बराबरी गोल फर्काए । बायर्नले खेलको चौथो मिनेटमा नै गोल खान पुगेको थियो । एलएस स्किरीले जुलियन चावोटको पासमा गोल गरेपछि बायर्न खेलमा १–० ले पछि पर्यो ।

त्यसपछि पाहुना टोलीमाथि खेलभर नै दवावमा राखेको बायर्नले गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपर्यो । इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा योसुवा किम्मिखले डेआट उपामेकानोको पासमा गोल गर्दै बायर्नलाई हारबाट जोगाए । यस बराबरीसँगै बायर्न १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोल्न २१ अंक जोडेर १०औं स्थानमा छ ।

Logo