फूल हुनु भनेको फूल्नु हो ।
फूलहरु फूल हुनु हो ।
जिजीविषा राई कक्षा छ मा पढ्छिन् । लजालु स्वाभावका कारण स्कुलमा पनि थोरै मात्र साथीहरु छन् । मामा घरकी डोल्मा तामाङ उनकी सबै भन्दा मिल्ने साथी हुन् । उनी दशैंको अवसरमा मामा घर गएकी छिन् । दशैं, मामा घर अनि डोल्मा सबैसङ्ग खुशी छिन् तर फूलहरुको यादले दुखी पनि त्यति नै । डोल्मा र जिजीविषा मामा घर नजिकैको चौरमा बसेर आफ्नो कुराहरु एकले–अर्कालाई सुनाँउदै छन् । जिजीविषा आफ्ना फूलहरुको कथा सुनाउदै ,डोल्मालाई भन्दै छिन् । उस्को रातो गुलाब बिरामी थियो । जिजीविषालाई मान्छेहरु भन्दा फूलसङ्ग खेल्न मन पर्छ । जिजीविषालाई फूलहरुको दुनियाँ सुन्दर र शान्त लाग्छ तर जिजीविषालाई के थाहा ? फूलहरुको आपसी झगडा ।
जिजीविषालाई फूलहरुको दुनियाँ बडो शान्दार लाग्छ । उनी निकै वास्ता र प्रेम गर्छिन् फूलहरुको। फूलहरुलाई पानी दिनु, गोड्मेल गर्नु उनका दैनिक कामहरु हुन् । जिजीविषाका बार्दली भरी रङ्गीचङ्गी सुन्दर फूलहरु गमला नै ढपक्क हुने गरी फुलेका छन्र । गुलाब ,पेन्सि, जाइ ,जुही, जिनिया, भर्वेना र लिलि उनका गमलामा फुलेका फूलहरु हुन् । पारीजातको हाँङ्गा पनि जिजीविषा को झ्याल सम्मै पुगेको छ । जिजीविषाको धेरै जसो समय फूलहरु सङ्ग बात मारेर सकिन्छ। फूलहरुलाई जिजीविषा को कुरा खुब मनपर्थ्यो जिजीविषालाई ध्यान दियर सुन्थें । उनि भन्थिन । तिमिहरु सबै कति सुन्दर छौ थाह छ ? तिमिहरुको रङ्ग सबै आफैमा उत्कृष्ट छ । तिमिहरु फुलहरु हौ । तिमिहरु सबै सुन्दर छौ र सधै फुलीरहनु । फूल्नु भनेको हाँस्नु हो, सधै हाँसी रहनु । जिजीविषाको कुराले फूलहरु मख्ख पर्थे ।
जिजीविषाको प्रेम र वास्ता प्रती सबै फूलहरु नतमस्तक थिय तर फूलहरुको बिचमा आपसी झगडा थियो कीजिजीविषाले कसलाई धेरै प्रेम गर्छिन होला ? उनिहरुलाई जिजीविषाको नजरमा आफु मध्य कुन चाही फूलधेरै सुन्दर होला भन्ने प्रश्न थियो । यसो हेर्दा ढकमक्क फूलेको रातो गुलाबलाई लाग्थ्यो कि उसलाई जिजीविषाले धेरै प्रेम गर्छिन् कारण अरुभन्दा आफु धेरै सुन्दर भएको भ्रम गुलाबलाई थियो । आफ्नो रुपको, रङ्गको निकै घमण्ड थियो ।
रातो गुलाब आफैले फूलहरुकी स्व–घोषित रानी सम्झिन्थिन् । अरुलाई हेप्नु ,होच्याउनुमा गुलाबलाई खुब आनन्द लग्थ्यो । जिजीविषाको झ्यालमै पुगेको पारिजात को खिल्ली उडाउनु त गुलाब को दैनिकि जस्तै थियो । तिमि कुरुप छौ तिमि त फुलेकै छैनौ तिम्रा त पात पनि अजंङ्गका छन् । गुलाबले पारिजातको खिल्ली उडाँउदा अरु सबै गलल हाँस्थे । पिटुनियाँ ,पेन्सि लिलि कसैले पनि पारिजात लाई फूलेको देखेका थियनन् । गुलाबलाई पनि कसैले मन पराउदैनथे कारण गुलाबको घमण्ड र अरुलाई होच्याउने बानी ।
जिजीविषा मामा घर बाट फर्किने दिन पनि आउनै लागेको थियो तर यता गुलाब भने सिकिस्त बिरामी परेकोपनि निकै भयो । गुलाब बिरामी हुँदा पनि कसैले उनलाई वास्तै गरेनन् । कारण उनको घमण्ड थियो । फङ्गजबाट सताइएकी गुलाब आजकल रात भरी निदाउन सक्दिन्थिन् । उनी जिजीविषा लाई खुब याद गर्दैथिन् । वरीपरी सुनसान र अरु फूलहरु निदाइ रहेकाहुन्थे । गुलाब भने निदाउन नसकेर जिजीविषा को झ्याल मा चियाँउदै हेरिन् ।अचानक उनले झ्यालमा सेतो हिमाल देखिन । शान्त सुन्दर अनी मगमगाई रहेकी पारिजात ।
गुलाब छक्कै परिन् किनकि यो भन्दा पहिले कहिल्यै पारिजात को सुन्दरता नियालेकै थिइनन् । गुलाबले आफुलाई थाम्न नसकि भन्छिन् पारिजात तिमि त कति सुन्दर रहेछौ तर पनि मैले गिज्ज्याउँदा तिमि किन सधै चुप-चाप सुन्थ्यौँ ? अहो तिमि त फूलहरुकी रानी तिमि भन्दा सुन्दर अरु को हुन सक्ला र त्यसैले म चुपचाप थिँए । पारिजात को जवाफ ले गुलाब नतमस्तक भैइन् । आफुले पारिजात र अन्य फूलहरु प्रति गरेको अपमान र रुखो व्यवहार याद गरिन् । आफ्नो यस्तै रुखो पन र घमण्ड ले गर्दा नै आफु बिरामी पर्दा पनि कसैले वास्ता नगरेको र आफु एक्लो भयको महसुस गरिन् । आफुले गरेको व्यवहार ले निकै पछुतो मानिन् । पारिजातले उनको घमण्ड शालिन्ताले तोडिदिइन् ।
सबै फूलहरु बिहाना सुर्यको पहिलो किरण सङ्ग अफ्नो भागको रङ्ग थाप्दै थिए । त्यही समयमा गुलाब ले सबैफूलहरुलाई आफुले गरेको रुखो व्यवहार प्रति आत्मागलानी भयको र अब उप्रान्त यस्तो कहिले नगर्ने सर्तमा सबै फूल्हरुसङ माफि मागिन् । रातमा आफुले देखेको पारिजात को सुन्दरता र शालिन्ताको बयान पनि गरिन्। सबै फूलहरु पारिजातको सुन्दरता मा लोभिए अनि गुलाबलाई सहृदय प्रेम र क्षमा दिए ।
आज पहिलो पटक सबै फूलहरुले जिजीविषाले सधै भन्ने गरेको कुरा मनन गरे कि सबै फूलहरु सुन्दर हुन्छन्। हुन सक्छ फूलहरुको रुप,रङ्ग ,आकार अनि प्रकार फरक तर सबै फूलहरु हुनु भनेको फुल्नु हो । सबै फूलहरु फूल हुनु हो । अनेक भएर पनि एक हुनु हो । जिजीविषा बिहानै फूलमा पानी हाल्न जाँदै गर्दा फूलहरुको यो गन्थन सुनेर टक्क अडिन् र सोच्न थालिन् कि मान्छेहरुले पनि यति बुझे कति जाती हुन्थ्यो ।
साहित्यप्रकाशित: १९ फागुन २०७९ १२:५५ शुक्रबार